Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

बाईडेनले संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनमा भाग नलिने

बाईडेनले संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनमा भाग नलिने

नेप्लिज डायस्पोरा

१२, मंसिर २०८०
images
बाईडेनले संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनमा भाग नलिने

अमेरिकी राष्ट्रपति जो बाइडेन दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनमा भाग नलिने भएका छन् ।

बिहीबार सुरु हुन लागेको कोप-२८ मा राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन हुनसक्छ ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा यो साता उहाँहरू दुबई जाने उल्लेख छैन । बाइडेनको व्यस्ततामा वायु ऊर्जामा अमेरिकी लगानी उजागर गर्नका लागि कोलोराडोको भ्रमण, अङ्गोलाका राष्ट्रपतिसँग बैठक र राष्ट्रिय क्रिसमस ट्रिको प्रकाश सामेल छन् ।

बाइडेनले यो साता कोप-२८ मा वा डिसेम्बर १२ को वार्ताको अन्त्यको दोस्रो सत्रमा भाग लिने योजना नबनाएको एक अमेरिकी अधिकारीले पुष्टि गर्नुभएको छ । दुबईमा एउटा उच्चस्तरको अधिकारीलाई पठाउने वा नपठाउने भन्नेबारेमा बाइडेन प्रशासनले छलफल गरिरहेको नाम नछाप्ने शर्तमा ती अधिकारीले बताए ।

पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नुहुनेछ । बाइडेनले कोप-२८ मा भाग नलिने निर्णयको कारणबारे ती अधिकारीले केही बताएनन् । यद्यपि बाइडेनले एक महिनाभन्दा लामो समयदेखि इजराइल र हमासबीचको युद्धमाथि ध्यान केन्द्रित गरिरहनुभएको छ र अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक वर्षभन्दा पनि कम समयमा घरेलु एजेन्डालाई उजागर गर्न खोजिरहनुभएको छ ।

बाइडेनसम्म अमेरिकी राष्ट्रपतिका लागि प्रत्येक कोप शिखर सम्मेलनमा भाग लिने चलन थिएन । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प पेरिस जलवायु सम्झौताबाट बाहिरिएपछि अमेरिकाले पुनः जलवायुमाथि विश्वव्यापी नेतृत्वको भूमिका निर्वाह गर्ने प्रतिज्ञा गर्नका लागि सन् २०२१ मा बाइडेनले ग्लास्गोको भ्रमण गर्नुभएको थियो ।

ह्वाइट हाउस जान खोजिरहनुभएका ट्रम्प जलवायुप्रति संशयवादी हुनुहुन्छ र यो कार्य अमेरिकाका लागि अत्यन्त महङ्गो हुने बताउनुहुन्छ ।
राष्ट्रपति बाइडेनले गत वर्ष पुनः इजिप्टको शार्म अल–शेखमा कोप-२७ को एउटा छोटो भ्रमण गर्नुभएको थियो । तथाकथित मुद्रास्फीति न्यूनीकरण ऐन र विद्युतीय कारका लागि प्रोत्साहनसहित हरित अर्थतन्त्रका लागि अर्बौं डलरको लगानी गर्दै उहाँले घरेलुस्तरमा जलवायुलाई उच्च प्राथमिकता दिनुभएको छ ।

कोप-२८ शिखर सम्मेलनअघि केरीले आफ्ना चिनियाँ समकक्षी झि झेनहुआसँग विस्तारित वार्ता गर्नुभएको थियो । उहाँहरूले विश्वका सबैभन्दा दुई ठूला हरितगृह ग्यास उत्सर्जक आ–आफ्ना मुलुकले दुबईमा प्रगतिका लागि मिलेर 

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - ०६:४२:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend