Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार “लाहुरेदाईको रेलिमाई”लाई

एनआरएनको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार “लाहुरेदाईको रेलिमाई”लाई

images
एनआरएनको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार “लाहुरेदाईको रेलिमाई”लाई

एनआरएनको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार “लाहुरेदाईको रेलिमाई”लाई

एनआरएनको “अरनिको अन्तर्राष्ट्रिय पुरस्कार” समितिले यसपटकको पुअरस्कारका लागि लाहुरेदाईको रेलिमाईलाई प्रदान गर्ने निर्णय गरेको छ । गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गरेको छ । यसै बमोजिम वि.सं २०७९ को पुरस्कारका लागि सो वर्षभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्नु हुने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी बर्ष २०७८ मा चेतनाथ आचार्यको उपन्यास “रुइबा”लाई पुरस्कृत गरिएको थियो ।

गीत सङ्गीतका मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लाग्नु भएका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान “लाहुरेको रेलिमाई” ले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ । त्यससँगै उहाँको सङ्घर्षपूर्ण जीवन र उहाँ बाँचेको समाजका अनेक पाटाहरूलाई पनि यस उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ।

पुरस्कृत कृति ‘लाहुरेको रेलिमाई ‘ का लेखक विजय हितानलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच नगद पुरस्कार र सम्मानपत्र सहित यो पुरस्कार प्रदान गर्नेछ ।

आज सम्पन्न सङ्घको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति’को बैठकले छनौट समितिको उक्त सिफारिससँगै ‘लाहुरेको रेलिमाई’ लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि अनुमोदन गरेको छ

images
प्रकाशित मिति :पौष ९, २०८० सोमवार - ००:१८:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend