सुरभि साहित्य प्रतिष्ठानले आफ्नो सोह्रौं स्थापना दिवसका उपलक्ष्यमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । आउँदो माघ २० गते शनिबार प्रतिष्ठानले आफ्नो सोह्रौं स्थापना दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ं८ स्थित ढोल्खाधारो कृष्णमन्दिर कुटीमा सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा प्रा डा. ऋषिराम पोखरेल, श्री ध्रुव सापकोटा लगायत स्रष्टाहरूलाई अभिनन्दन, पुरस्कार एवं सम्मान अर्पण गरिनेछ ।
प्रतिष्ठानले निम्न स्रष्टाहरूलाई अभिनन्दन, पुरस्कार एवं सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
प्रा डा . ऋषिराम पोखरेल नगद रु .१५००५।–सहित अभिनन्दन गरिने
श्री ध्रुव सापकोटा गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार रु २५००५।–
प्रा डा गोविन्दराज भटृराई सुरभि–बाजुराम आख्यान साधना पुरस्कार रु २५००५।–
प्रा डा .माधवप्रसाद पोखरेल सुरभि–रमा बद्री निबन्ध पुरस्कार रु २५००५।–
श्री महेश प्रसाईँ सुरभि–अच्युतराम लघुकथा पुरस्कार रु .१०००५।–
श्री इन्द्रकुमार श्रेष्ठ ‘सरित’ सुलेख आख्यान प्रतिभा पुरस्कार रु .१०००५।–
श्री ललिता दोषी सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार रु .१०००५।–
श्री लीलाराज दाहाल सुरभि–वेदमणि आख्यान प्रतिभा पुरस्कार रु.१०००५।–
पुरस्कार छनोट समितिमा वरिष्ठ समालोचक श्री युवराज मैनाली संयोजक र वरिष्ठ साहित्यकार एवं वरिष्ठ पत्रकार श्री विजय चालिसे तथा वरिष्ठ साहित्यकार श्री अच्युत घिमिरे सदस्य रहेका थिए ।सोही अवसरमा ‘ रमेश विकल समालोचनात्मक अन्वेषण ’ कृतिका लेखक श्री गोपी मैनाली तथा ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल ’ कृतिका लेखक श्री ठाकुर शर्मा भण्डारीलाई सम्मान गर्ने निर्णय समेत गरिएको छ । कार्यक्रम नियमित कथावाचनसहित दिनको १ बजे हुनेछ ।