Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

साहित्यकार सरुभक्तलाई कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार प्रदान

साहित्यकार सरुभक्तलाई कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार प्रदान

नेप्लिज डायस्पोरा

२७, चैत्र २०८०
images
साहित्यकार सरुभक्तलाई कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार प्रदान

कविडाँडा साहित्य समाज, चितवनले बहुआयामिक प्रतिभाका धनि सिर्जनामा प्रयोगशिलताका उपासक साहित्यकार सरुभक्तलाई कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार-२०८० द्वारा सम्मनित गरेको छ |

समाजका उपाध्यक्ष उदय अधिकारीको स्वागत मन्तव्यपछि अध्यक्षद्वारा कवि सरुभक्तको एउटा मुक्तक सुनाएर कार्यक्रमको उद्घाटन गरिएको थियो भने कवि भूपिनले पुरस्कृत कवि सरुभक्तको साहित्यिक योगदानबारे बोल्नु भएको थियो |

कविडाँडा साहित्य समाज, चितवनको पूर्णतया निष्पक्ष भएर नै कवि लेखकलाई पुरस्कृत गर्ने परम्परा छ | यो पुरस्कार साहित्यमा कलम चलाउने विशेषतः काव्य विधामा गरीएको योगदान बापत प्रदान गरिन्छ | 

अमेरिकालाई कर्म क्षेत्र बनाएर बस्ने कवि गीतकार सरला श्रेष्ठले आफ्नो माता पिताको नाममा स्थापित गरेको यो पुरस्कारको राशि पचास हजार छ |  

पुरस्कारदाताले भन्नु भयो “आमा बुवाको सम्मानमा एउटा साहित्यिक पुरस्कारको सुरुवात गरेर वहाँहरू प्रति कृतज्ञता जनाउनु र वहाँहरूलाई यसरी सम्मान गर्नुलाई हाम्मीले उचित ठान्यौं |” सानै देखी पढ्दै आएको बरिष्ठ कवि तथा आख्यानकार सरुभक्त श्रेष्ठज्यू यस बर्षको कविडॉडा सुवर्ण-तुलसी काव्य सम्मान तथा पुरष्कारबाट सम्मानित तथा पुरष्कृत हुनु भएकोमा आफू ज्यादै खुसी भएको कुरा उल्लेख गर्नु भएको छ ।

photo.jpeg
 

  

images
प्रकाशित मिति :चैत्र २७, २०८० मंगलवार - ०६:१९:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend