Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित

नेप्लिज डायस्पोरा

२८, चैत्र २०८०
images

युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी र रुद्राक्ष/ फूलको माला र टिका तथा फूल वर्षासहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठीको नेपाली / अङ्ग्रेजी सस्करण (विशेषाङ्क) “सम्वाद संजाल”को पनि लोकार्पण गरिएको थियो ।

 

गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा पत्रकार कृष्ण भूषालले सम्मानित स्रष्टा डी. आर. को परिचय राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सम्मानित स्रष्टा विश्व कीर्तिमानी सर्जक डा. डी. आर. उपाध्यायले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय उपाध्यक्ष कवि राजेन्द्र श्रेष्ठलाई स्वागत सम्पन्न गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथिहरु गीतकार संघका अध्यक्ष बसन्त बित्यासी, समालोचकहरु प्रमोद प्रधान र प्रा. डा. गोविन्दमान सिंह कार्की, साहित्यकारहरु खेमनाथ दाहाल, र लेखनाथ पोखरेलको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा साहित्यकारहरु विमल भौकाजी, रमेश दाहाल, सुधा शर्मा, रुद्र अधिकारी, सागर अधिकारी “शरद”, नीता श्रेष्ठ, कल्पना खरेल, सुरेन्द्र थापा, गीता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन गुठीकी सदस्य साहित्यकार प्राज्ञ सुभद्रा भट्टराईले गर्नु भएको थियो ।

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान् युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो ।

Open photo

Open photo

 

 

images
प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - २०:२१:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend