Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिकामा यही जुनमा चक्र विज्ञान साधना आयोजनाको तयारी

अमेरिकामा यही जुनमा चक्र विज्ञान साधना आयोजनाको तयारी

नेप्लिज डायस्पोरा

२९, चैत्र २०८०
images
अमेरिकामा यही जुनमा चक्र विज्ञान साधना आयोजनाको तयारी

अमेरिकामा यही जुनमा चक्र विज्ञान साधना आयोजनाको तयारी

जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ऐतिहासिक रुपमा ५३०० जनालाई एकै स्थानमा राखी सातदिने विराट चक्र विज्ञान भर्खरै सकिएलगत्तै अमेरिकामा चक्र विज्ञान साधना गराउन जीवन विज्ञानका संस्थापक गुरुहरु अमेरिका आउनुहुने भएको छ । यही जुन ८ देखि १४ सम्म क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा आयोजना हुने चक्र विज्ञानका लागि अमेरिका तथा क्यानडामा रहेका नेपाली समुदायबाट सहभागिताको दर्ता प्रक्रिया सुरु भइसकेको जीवन विज्ञान अमेरिकाले जनाएको छ । यस साधनाका लागि जीवन विज्ञान अमेरिकाको वेभसाइट www.jvusa.orgमा गएर आफ्नो नाम दर्ता गराउन सकिने र थप जानकारीका लागि वेभसाइटमार्फत् सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न सकिने पनि आयोजक संस्थाले जानकारी गराएको छ ।

 

हाम्रो शरीर र मनको दीर्घकालीन स्वास्थ्य सन्तुलन गरी समग्र जीवन विकास अनि सुख, आनन्द, शान्ति र समृद्धिका लागि हाम्रो सूक्ष्म शरीरमा रहेका सात शक्तिकेन्द्र, जसलाई चक्र भनिन्छ तिनलाई सक्रिय बनाउन दक्ष गुरुको ऊर्जामण्डलभित्र रहेर गरिने साधना नै चक्र साधना हो । चक्रहरुको सक्रियताबाट व्यक्तिमा रहेका वर्षोँ पुराना रोगहरु निको भएर व्यक्तिले आफू स्वस्थ भएको अनुभव गर्नुका साथसाथै खुशी, साहस, जाँगर प्राप्त भएको अनुभव गर्न थाल्छ । यसका साथै अरुप्रतिको प्रेममा वृद्धि भएको अनुभव हुनु,आफूले बोलेको वाणीमा मधुरता आउनु, बोलेका कुरा पूरा हुनथाल्नु तथा चक्रहरुको सक्रियता बढ्दै गएपछि परमात्माको ब्रह्माण्डीय सत्ताको आफू एक शूक्ष्म हिस्साका रुपमा जीव भएर मानव शरीरमा रहेको बोध हुन थाल्नुजस्ता आफूमा देखिन थालेका परिवर्तन साधकले अनुभव गर्न थाल्दछ ।

सन् २०११ मा बहुधर्मसहिष्णु आध्यात्मिक संस्थाका रुपमा काठमाडौँमा जीवन विज्ञान स्थापना भएपछि जीवन विज्ञानका संस्थापकद्वयमध्ये एक गुरु एल पि भानु शर्माले पहिलो पटक सन् २०२२ को मे ७ र ८ मा सान फ्रान्सिस्कोको रिचमण्डमा अवस्थित ग्युटो फाउन्डेसनको हलमा दुई दिवसीय ध्यान साधना गराउनुभएको थियो । त्यसबाट प्रभावित सवा सयभन्दा बढी साधकमध्ये धेरैले तत्काल क्यालिफोर्नियामा चक्रविज्ञान साधनाका लागि जीवन विज्ञानका गुरुसँग अनुरोध गरेका थिए । स्थानीय नेपालीभाषी समुदायको दुई वर्षअघिदेखिको इच्छा अब छिटै पूरा हुन लागेको जीवन विज्ञान अमेरिकाले जनाएको छ ।

चक्र विज्ञान साधना हाम्रो शरीर र मनको दीर्घकालीन स्वास्थ्य सन्तुलन गरी समग्र जीवनको विकास गर्दै सुख, आनन्द, शान्ति र समृद्धिका लागि हाम्रो सूक्ष्म शरीरमा रहेका सातवटा शक्तिकेन्द्रलाई सक्रिय बनाउन अनुभवी आध्यात्मिक गुरुको ऊर्जामण्डलभित्र रही साधकले गर्ने चक्र साधनाको अभ्यास हो । शरीरको मेरुदण्डभित्र रहेका सात चक्रहरुको सक्रियतापछिमानिसमा रहेका वर्षोँ पुराना रोगहरु निको भएर आफू स्वस्थ भएको अनुभव गर्नुका साथसाथै व्यक्तिले खुशी, साहस, जाँगर प्राप्त भएको अनुभव गर्ने र व्यक्तिमा ब्रह्माण्डीय उर्जा प्रवाह भई ऊ विलक्षण क्षमताले युक्त हुँदै जाने कुरा अनुभवीहरु बताउँछन् । अरुप्रतिको प्रेममा वृद्धि भएको अनुभव, बोलेको वाणीमा मधुरता,बोलेका कुरा पूरा हुने तथा चक्रहरुको सक्रियता बढ्दै गएपछि परमात्माको ब्रह्माण्डीय सत्ताको एक शूक्ष्म हिस्साका रुपमा आफू जीव भएर मानव शरीरमा अवस्थित भएको बोध हुनु आदि गुण देखिने पनि साधकले अनुभव गर्न थाल्दछ ।

यस साधनाका लागि क्यालिफोर्निया पुगेका साधकले सान फ्रान्सिस्को को बे क्षेत्र तथा गोल्डन ब्रिजका अतिरिक्त सूचना प्रविधिको अत्याधुनिक विकासका मूल स्थानका रुपमा रहेको सान फ्रान्सिस्को क्षेत्रमा गुगल, फेसबुक, एप्पललगायतका सूचनाप्रविधिप्रदायक संस्थाका मुख्य कार्यालयहरुको परिसर भ्रमण गर्ने अवसर पनि पाउनेछन् ।
क्यालिफोर्नियामा यस वर्ष हुन लागेको चक्र विज्ञान साधना गराउन नेपालबाट संस्थापकद्वय श्रद्धेय गुरुद्वय एल पि भानु शर्मा ‘भानु गुरुदेव’ र रमेश नेपाल ‘रमेश गुरुदेव’ जुन ४ मा अमेरिका आइपुग्नुहुनेछ । दुवै गुरुदेवहरु जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञका रुपमा विगत १३ वर्षदेखि विश्वभरि छरिएका नेपाली जनमानसमा स्थापित आदरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँहरुको सक्रियताबाट ऋषिमुनिको तपोभूमि तथा देवताहरुको क्रीडाभूमि नेपाल भगवान गौतम बुद्धको जीवन कालपछि पुन आध्यात्मिक जागरणमा विश्वमा परिचित हुने क्रममा रहेको छ । अमेरिकामा आएका अवसरमा गुरुदेवद्वयले जुन १७ र १८ मा नर्थ क्यारोलाइनमा आयोजना हुने अमेरिका र क्यानडामा रहेका जीवन विज्ञानका प्रशिक्षकहरुकोदुईदिने भेला ‘मित्र मिलन’ समारोहलाईसम्बोधन गर्नुहुनेछ । जीवन विज्ञानको विभिन्न तहको साधना पूरा गरी प्रशिक्षक प्रशिक्षण तालिम पूरा गरेका ९० भन्दा बढी प्रशिक्षकहरु अमेरिका र क्यानडामा रहेका छन् ।

मित्र मिलन समारोहपछि दुवै गुरुदेव ओहायोमा जुन २३ देखि २९ सम्म भुटनिज हिन्दु अर्गनाइजेसनको संयोजनमाहुने चक्र विज्ञानका साधनाका लागि त्यहाँ संलग्न हुनुहुनेछ । ओहायोको गालियनमा हुने चक्र विज्ञानमा सहभागी हुन चाहने व्यक्तिले GBHOको वेभसाइटमा गएर नाम गर्ता गर्न सकिने व्यवस्था गरिएको छ । सानफ्रान्सिस्को, नर्थ क्यारोलाइना र ओहायोमा गुरुदेवका साथमा विभिन्न मितिमास्थानीयसंस्थाको संयोजनमा सत्सङ्ग कार्यक्रमहरु आयोजना हुने पनि आयोजन संस्था जीवन विज्ञान अमेरिकाले जनाएको छ ।

सन् २०२२ को जुलाईमा जीवन विज्ञान अमेरिकाले अमेरिकाका विभिन्न तीन राज्यमा आयोजना गरेको चक्रविज्ञान साधनामा ५०० भन्दा बढी अमेरिका, क्यानडा र बेलायत निवासीनेपालीभाषी समुदायका सहभागीहरुले भाग लिएका थिए ।

images
प्रकाशित मिति :चैत्र २९, २०८० बिहिवार - ०३:२५:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend