Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सातौँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ न्यूयोर्कमा हुने

सातौँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ न्यूयोर्कमा हुने

नेप्लिज डायस्पोरा

८, आषाढ २०८१
images
सातौँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ न्यूयोर्कमा हुने

सातौँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ न्यूयोर्कमा हुने

‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकाको न्यूयोर्क सहरको मेलरोज बलरुममा १५ सेप्टेम्बरमा आयोजना हुने भएको छ । यसअघि २८ सेप्टेम्बर आयोजना हुने भनिएको अवार्ड प्राविधिक कारणले अगाडि सरेको त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताए ।

फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना हुँदै आएको हो । अघिल्ला वर्ष झैँ यो वर्ष पनि अवार्ड कार्यक्रम भव्य रूपमा आयोजना हुने नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए । उनले भने ‘संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य समेत अवार्ड हो ।’

एटिए एभरेस्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेन्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजन अवार्डको रहेको छ । अवार्डका अध्यक्ष नवराज श्रेष्ठ हुन् ।

अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदाय बिच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजक संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले बताए ।

अवार्डले नेपालबाट अमेरिका आउने कलाकार र अमेरिकामा बस्ने कलाकर्मीको पुनर्मिलन गराउने र नेपाललाई विश्व माझ चलचित्र छायाङ्कन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्नु पनि अवार्डको उद्देश्य रहेको त्रिवेणी इन्टरटेनमेन्ट एसएलसी न्यूयोर्कका अर्का आयोजक खम लाल भट्टले बताए ।

विदेशमा आयोजना हुँदै आएको नेपाली अवार्ड मध्य सबै भन्दा प्रतिष्ठित अवार्ड ग्लोबल नेपाली फिल्म अवार्ड युएसए हो । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क सहरमा सफलता पूर्वक सम्पन्न भएका थिए ।

 

 

images
प्रकाशित मिति :आषाढ ८, २०८१ शुक्रवार - ०७:३६:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend