अमेरिकाको मेरिल्याण्डमा सक्रिय सुदुर-पश्चिम नेपाल समाजको हालै सम्पन्न अधिवेशनले बिक्रम शाहीको नेतृत्वमा नयां कार्यसमितिको चयन गरेको छ।
समितिको उपाध्यक्ष हरिश साउद, महासचिवमा यज्ञ राना, कोषाध्यक्षमा नीलम भाट र सचिवमा बिनोद कुँवर निर्वाचित भएका छन् ।
कार्यसमितिका सदस्यहरुमा योगेन्द्र सिंह, लोक बि.क, डम्बर भण्डारी, रोशनी खड्का, धन बडुवाल, रिता शाही रहेका छन् ।
भीम बिकको नेतृत्वमा रहेको निर्वाचन समितिले निर्वाचनको नतिजा बर्तमान कार्यसमितिलाई बुझाएको र अर्को आईतबार औपचारिक कार्यक्रमको आयोजना गरेर पद हस्तान्तरण गरिने समाजका अध्यक्ष दमनबिक्रम शाहले नेप्लिज डायस्पोरालाई जानकारी दिए ।