सिलिगुडीमा प्रतिभा सम्मान तथा पुस्तक लोकार्पण
आज सिलिगुडीमा प्रतिभा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको भएको छ । उक्त कार्य्क्रम क्याप्टेन न्यौपाने फाउन्डेसनले मिलनमोड स्थित लिटिल एन्जल्स स्कुलको सभाकक्षमा कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त अवसरमा विभिन्न क्षेत्र र विधाका आआफ्नो प्रतिभा र क्षमताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित मेरिना विश्वकर्मा, सञ्चिता उपाध्याय, अङ्गद क्षेत्री, प्रशंसा थापा, क्षितिज क्षेत्री, सुमित विश्वकर्मा, सन्दीप ब्राह्मिन (पपिन सेन्डी), ममता क्षेत्री र पवन लामा लगायत बहुमुखी प्रतिभाका धनी कृष्ण बस्नेत गरी जम्मा दश जनालाई सम्मान गरिएको थियो भने ।
सो अवसरमा विमल खतिवडा माइलाद्वारा लिखित “उडान” खण्डकाव्यको विमोचन पनि गरिएको थियो । अत्यन्त विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले खचाखच भरिएको सभाकक्षमा चर्चित गायक पुष्पन प्रधानको विशेष प्रस्तुतिका साथै बाँसुरी वादन ,गित र नृत्य पनि प्रस्तुत गरिएका थिए ।
