Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा मुना पाण्डेको गोली हानी हत्या

अमेरिकामा मुना पाण्डेको गोली हानी हत्या

नेप्लिज डायस्पोरा

१२, भाद्र २०८१
images
अमेरिकामा मुना पाण्डेको गोली हानी हत्या

 

अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा २१ बर्षिय मुना पाण्डेलाई गोली हानी हत्या गरेका छन् । उनको नेपालको घर भोजपुर रहेको थाहा भएको छ । उनी करिव ३ बर्ष पहिला विद्यार्थी भिजामा अमेरिका आएकी थिईन् भने कम्युनिटी कलेजमा इन्टर्नेसनल स्टुडेन्टको रुपमा अध्ययनरत थिईन् ।

सोमबार अपरान्ह अपरिचित नम्बरबाट उनी बस्ने हिल्क्रफ्ट स्थित अपार्ट्मेन्टको अफिसमा फोन गरेर त्यो कोठामा मृत शरीर छ भनेर कसैले सुचना दिएका थिए । त्यसैका आधारमा स्थानिय प्रहरी बोलाएर हेर्दा मुनाको मृत शरीर भेटिएको थियो । कस्ले, किन र कुन समयमा उनलाई गोली हानिएको थियो भन्ने कुरा खुली सकेको छैन । अनुसन्धान चलिरहेको छ ।

 

नेपालमा रहेकी उनकी आमालाई सम्पर्क गर्दा छोरी केही समयदेखी एउटा स्वयत केटा सँग प्रेम सम्बधमा रहेको जानकारी दिएकी छिन् । प्रहरीलाई ह्युस्टन नेपाली समाजले अनुसन्धानमा सघाई रहेको र नेपालका उनका अविभाबकसँग पनि सम्पर्क गरीरहेको बुझिएको छ ।

उनी पहिला नेपाली साथीहरू सँगै मिलेर बसेको भएतापनि पछिल्ला दिनहरूमा भने ती साथिहरू सँग बस्दैनथिन् । तर, कोसँग बस्थिन् भन्ने कुरा भने खुलेको छैन । उनको कोठा बाहिर र एपार्ट्मेण्टको मुल गेटमा भएको सर्भाइलेन्स क्यामराको फुटेज प्रहरीले लागि सकेको हुंदा घटनाको सत्य तथ्य छिट्टै नै बाहिर आउने कुरामा ढुक्क हुन सकिन्छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०८१ बुधवार - ०७:३३:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend