Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

धुलावारीमा मोती जयन्ती तथा पुस्तक विमोचन समारोह सम्पन्न

धुलावारीमा मोती जयन्ती तथा पुस्तक विमोचन समारोह सम्पन्न

नेप्लिज डायस्पोरा

२०, भाद्र २०८१
images
धुलावारीमा मोती जयन्ती तथा पुस्तक विमोचन समारोह सम्पन्न

धुलावारीमा मोती जयन्ती तथा पुस्तक विमोचन समारोह सम्पन्न

त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारीको आयोजनामा १५९ मोतिराम भट्ट जयन्ती तथा पुस्तक विमोचन समारोह भब्य रुपमा सम्पन्न भएको थियो । मोतीराम भट्टको सालीकमा माल्यार्पण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । सभाअध्यक्ष प्रेमप्रकास( फलाहारी गुरु) प्रमुख अतिथि डा.गोबिन्दराज भट्टराई , विशिष्ट अतिथि युवराज काफ्ले अनि अन्य अतिथिहरू साथै मोतिराम भट्ट पुरस्कारले पुरस्कृत श्री मित्रदेव शर्मा लगायत उनको परिवार र आसम , सिक्किम , नेपाल , दार्जिलिङ, खरसाङ , सिलिगुडीबाट आउनुभएका साहित्यकारहरुको जमघटले सभाकक्ष खचाखच भरिएको थियो।

 

सो अवसरमा ‘सम्वाद सञ्जाल’ पत्रिका (दुई भाषीय’नेपाली र अंग्रेजी’) को प्रथम सँस्करण विमोचन गरिएको थियो । सम्वाद सञ्जालले अनुवाद पुरस्कारको स्थापना गरेको छ । उ्त्कृष्ठ अनुवादकलाई समग्रमा परिचय गराउन र पुरस्कृत गर्नका निमित्त र यो पुरस्कारको स्थापना गरिएको हो भन्नु भयो सँस्थाकी सँस्थापक ललिता जोशी छेत्रीले ।

सम्वाद सञ्जालका प्याट्रोन समेत रहेका लेखक तथा गीतकार राम लामा अविनाशीको पुस्तक “स्मृतिका बिम्बहरू” पनि बिमोचन गरियो। जुन सात समुन्द्र पारीको देश अमेरिकाबाट घरदेशका आफन्तहरूको माया खोज्दै आईपुगेको थियो। जस्मा देश विदेशमा भौतारिँदै गर्दा आफूले सुनेका, देखेका , भोगेका र स्पर्ष गरेका घाम पानि, आँधी तुफान , हुरी बतास , हिँउ र चिसो सिरौटो आदिको यतार्थ चित्रण गरिएको छ ।

साथै लतिका जोशीको ” अविस्मरणीय पल” साहित्यिक संस्मरण नियात्राको पनि विमोचन गरिएको थियो । जस्मा लेखकले आफ्ना जीवनका अदृश्य पाटाहरू”‍मा आत्म मन्थन गरेकीछन् भने यी लगायत अन्य विभिन्न विषयका ४० वटा चाख लाग्दा पुस्तकहरू पनि बिमोचित भएका थिए ।

Open photo

Open photo

Open photo

Open photo

Open photo

 

 

images
प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - ०१:३४:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend