Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

रानी महलमा कविता वाचन

रानी महलमा कविता वाचन

नेप्लिज डायस्पोरा

३०, भाद्र २०८१
images
रानी महलमा कविता वाचन

रानी महलमा कविता वाचन

नेपाल प्रज्ञा-प्रतिष्ठान तथा नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाको आयाेजनामा ऐतिहासिक धरोहर रानी घाटको रानी महलमा कवितावाचन कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा दर्जन बढी कविहरुले कविता बाचन गरेका थिए ।  

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य काब्य बिभाग  प्रमुख बाबा बस्नेतले  पर्यटन र साहित्यलाई व्यापक बनाउनका लागि पनि यो ऐतिहासिक स्थल पाल्पाको रानीमहलमा प्रज्ञा प्रतिष्ठानले पहिलो पटक जिल्ला सँग समन्वय गरि कार्यक्रमको आयोजना गरिएको बताउदै कविता  बिधाको उत्थान  र बिकासका लागि  सम्पुर्ण साहित्यिक सर्जकहरु लाग्नु पर्ने कुरामा जोड दिनु भयो। 

बिशिष्ट अतिथि साहित्यकार सन्ध्या पहारीले पाल्पा साहित्यमा उर्वर रहेको आफ्नै गौरव बोकेको यो सुन्दर पर्यटकीय स्थल रानीमहलमा  फेरि फेरि पनि यस्तै कार्यक्रमहरु लिएर आउने प्रतिबद्धता जाहेर  गर्नु भयो। साहित्यकारहरूमा प्रगतिशील लेखक संघका अध्यक्ष राम प्रसाद अर्यालले  प्रज्ञाले पाल्पामा समन्वय गरि यो कार्यक्रमको अवसर दिएकोमा आयोजक लाई धन्यवाद दिनु भयो। नारी साहित्य प्रतिस्ठान काठमाडौका अध्यक्ष  गिता कार्कीले नारीका सस्थाहरु बिच समन्वय गरि रचनात्मक कार्य गर्दै जाने बताउनु भयो । नारी उन्न्यन बिकास प्रतिष्ठानकि पुर्ब अध्यक्ष लछिमा ज्ञावलीले  साहित्य र पर्यटन  प्रवर्धनलाई  समेत जोडेर आगामीमा दिनहरूमा यस्ता कार्यक्रमले निरन्तरता पाइरहोस् बताउनु भयो । 

कविता बाचनमा साहित्यकारहरु प्रगतिशिल लेखक संघका अध्यक्ष राम प्रसाद अर्याल , नारी उन्न्यन बिकास प्रतिस्ठानकि संरक्षक पुर्ब अध्यक्ष लछिमा ज्ञावलि,साहित्यकार आयम कार्की , साहित्यकार शारदा खनाल ,साहित्यकार प्राज्ञ प्रतिस्ठान काब्य बिभाग प्रमुख बाबा बस्नेत, साहित्यकार सन्ध्या पहारी ,साहित्यकार गिता कार्की ,साहित्यकार मन्जु कोइराला ,साहित्यकार सिताराम घिमिरे ,पोखरथोक साहित्य  सङगमका गोबिन्द खनाल,नारी साहित्य तथा सास्कृतिक प्रतिस्ठान अध्यक्ष मन गहिरे लगायतले कविता बाचन गरेका थिए । कार्यक्रममा सहभागी साहित्यकारहररु लाई  प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रम नारी साहित्य तथा सास्कृतिक प्रतिस्ठानकि अध्यक्ष मन गहिरेको अध्यक्षता ,सचिब  मन्जु कोइरालाको सन्चालन,कोषाध्यक्ष कल्पना भट्टराईको स्वागतमा कार्यक्रम  सम्पन्न  भएको थियो ।

Open photo

Open photo

images
प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - ०७:०१:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend