साहित्य चौतारी विर्तामोडद्वारा १८ वटा संघ-संस्थाहरू अभिनन्दित
१४ सेप्टेम्बर २०२४ को दिन साहित्य चौतारी विर्तामोडद्वारा १८ वटा संघ-संस्थाहरूलाई अभिनन्दन गरिएको छ । साहित्य चौतारीकै संरक्षक एंव अध्यक्ष तथा संगीत साधक देवीभत्त श्रेष्ठको अध्यक्षता रहेको सो भव्य कार्यक्रममा आसम नेपाली साहित्य सभाका सभापति तथा नेपाली साहित्य अकादमीका सदस्य एंव साहित्यकार दुर्गा खतिवडाको प्रमूख अतिथ्यता रहेको थियो ।
राष्ट्रिय बालदिवसको अवसर पारेर भारतको विभिन्न प्रान्तमा रहेर भाषा, साहित्य,कला,र संस्कृतिको संरक्षण र सम्वर्द्वनको क्षेत्रमा विगतको लामो समयदेखि अनवरत रुपमा क्रियासिल रहेर योगदान पुर्याउदै आईरहेको सरकारबाट वैधानिक रुपमा पञ्जिकृत १८ वटा संघ-संस्थाहरुलाई जेष्ठता र श्रेष्ठताको आधारमा अभिनन्दन गरिएको हो । कार्यक्रम होटल हिकोलामा रहेको साहित्य चौतारीको सभाहलमा भएको थियो ।
कार्यक्रम अध्यक्ष प्रमूख अतिथिको बाहुलीबाट दीप प्रज्जवलन गरिएपछि कार्यक्रम अध्यक्ष तथा साहित्य चौतारीका कलाकारहरुले स्वागत गीतबाट उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गरेका थिए । स्वागत नृत्य चिमल कल्ब मिरिकका बालकलाकार सुहानी राईले सरस्वती वन्दना गरेर कार्यक्रमलाई अघि बढाईएको थियो । १८ वटा संस्थालाई एकैदिनमा एउटै मञ्चमा अभिनन्दन गरेको विश्वको नेपाली समाजको इतिहासमा यो पहिलो अन्तर्राष्ट्रिय सम्मान हो भन्ने ठहर गरिएको छ।
साहित्य चौतारी विर्तामोड झापा नेपालले स्थापनाकाल देखिनै भारतका विभिन्न विधाका स्रष्टाहरुलाई अभिनन्दन जनाउदै आईरहेको थियो । यस बर्ष भने भारतको विभिन्न क्षेत्र दार्जिलिङबाट (१)नेपाली साहित्य सम्मेलन,(२)गोर्खा दु:ख निवारक सम्मेलन, (३)हिमालय कला मन्दिर,(४) खतगोर्खा जन पुस्तकालय,(५)जागृति परिवार (६) गोर्खा सांकृतिक संस्थान, मिरिकबाट (७) चिमल कल्ब,(८) साहित्य सुनौ परिवार, सिलगढीबाट (९ ) आश्रमपाडा गोर्खा शिव मन्दिर,(१० )नेपाली साहित्य प्रचार समिति(११) भानुभत्त समिति, (१२)मतिगढा गोर्खा कल्याण संघ, (१३) डुर्वस नेपाली साहित्य विकास समिति, कालेबुङबाट (१४)नेपाली साहित्य अध्ययन समिति,(१५) सिक्किम नेपाली साहित्य परिषद,(१६) पश्चिम सिक्किम साहित्य प्रकाशन, (१७)आसम नेपाली साहित्य सभा, (१८) मणिपुर नेपाली साहित्य परिषद, थिए। १८ वटै संस्थाका प्रमूखहरूलाई विशिष्ट अतिथिको रुपमा मञ्चमा राखेर क्रमवद्वरुपमा अभिनन्दन गरिएको थियो ।
उत्त अभिनन्दन कार्यक्रममा अभिनन्दित संस्थाको प्रमूख व्यातिले आ-आफ्नो सम्वोधनमा घत लाग्दा कुराहररू राखेभने खर्साङ निवासी साहित्य अकादमीका सदस्य, तथा गोर्खा सांस्कृतिक संस्थानका अध्यक्ष आशा लामाले आफ्नो मन्तब्यको क्रममा "साहित्य चौतारी, एक चौतारीमात्र नभएर साहित्यिक तीर्थ स्थल पनि हो, यसलाई सबैले चिन्नुपर्छ" भन्नु भयो । कार्यक्रममा अभिनन्दित संस्थाका प्राय सबै प्रमूखहरूले आ-आफ्नो मन्तब्य राखेका थिए ।
यसरी नै कार्यक्रममा पश्चिम सिक्किम साहित्य प्रकाशनबाट गोवर्दन बाँस्तोला, मिरिक साहित्य सुनौ परिवारबाट डा. कमला तामङ, हिमालय कला मन्दिर दार्जीलिङबाट मेनुका प्रधान, डुर्वस नेपाली साहित्य विकास समितिबाट अविर खालिङ आदिले कविता पाठ पनि गरेका थिए । चिमल कल्ब मिरिकै अर्का बालकलाकार नेपाल भोइस किड्रसका सेमी फाईनलीस्ट आश्मिक खवास अतिथिकलाकारको रुपमा उपस्थित थिए । अतिथि कलाकार चिरपचित गायिका जुनु गौतमले गीत गाएर कार्यक्रमलाई रमाईलो बनाएका थिए। यस सभ्य अनि भव्य कार्यक्रमलाई रामकृष्ण उच्चतर कन्या विध्यालयका शिक्षिका एंव खरसाङ भेकका एक सफल उदघोषिका गोमा सुब्बाले खुबै राम्रो ढङ्गमा उद्घोषना गरेर कार्यक्रमलाई सफल बनाईदिए।
हिजकैदिन संरक्षक एवं अध्यक्षज्यु देवीभत्त श्रेष्ठको ६४औं जन्मदिन परेको हुनाले देवीभत्तज्युलाई सबैले टीका र माला लगाईदिएर शुभकामना र दिर्घायुको कामना गरे। कार्यक्रमको अन्तमा उपस्थित भएका सबै संघ- संस्थाहरू, अतिथिगणहरू, कलाकारहरू र कविहरू सबैसबैलाई साहित्य चौतारी परिवारको तर्फबाट धन्यवाद टक्र्याउदै सभापतिले कार्यक्रम अन्त भएको घोषणा गरेका थिए ।




