Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

लाईब्रेरीको महत्वमाथि राष्ट्रसंघ महासभाको क्रममा छलफल

लाईब्रेरीको महत्वमाथि राष्ट्रसंघ महासभाको क्रममा छलफल

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८१
images
लाईब्रेरीको महत्वमाथि राष्ट्रसंघ महासभाको क्रममा छलफल

न्यूयोर्क (अमेरिका) । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९ औं महासभाको क्रममा अमेरिकन लाईब्रेरी एशोसिएशनको आयोजनामा लाईब्रेरीज पावरिङ द युनाईटेड नेशन्स डिजिटल कम्प्याक्ट शिर्षकमा प्यानल डिस्कसन सम्पन्न भएको छ ।

डिस्कसनमा सहभागि विज्ञहरुले लाईब्र्रेरीहरुले विश्वभरनै प्रविधिको प्रभावकारिताका लागि संयुक्त राष्ट्रसंघको अभियानमा कसरी सहयोग गर्न सक्छन् भन्ने सन्दर्भमा सुझाव दिएका थिए । 

युनाईटेड नेशन्स संगको सहकार्य रहेको २१ सेप्टेम्बरमा सम्पन्न सेमिनारमा संयुक्त राष्ट्रसंघका लागि आयरल्याण्डको स्थायी नियोगका प्रतिनिधि कार्ल रेडमण्ड र नेपाल कम्युनिटी लाईब्रेरी एशोसिएशनका महासचिव राजेन्द्र प्रसाद पाण्डेले विषय विज्ञको रुपमा धारणा राखेका थिए ।

सो अवसरमा अमेरिकन र्लाईब्रेरी एशोसिएशनका पूर्व अध्यक्ष लोइला गार्सिया फेदो, पब्लिक लाईबे्ररी एशोसिएशनका प्रेसिडेन्ट ईलेक्ट डा. ब्रान्डी म्याक नेल,  अमेरिकन लाईब्रेरी एशोसिएशनका ब्लाक ककसका पूर्व अध्यक्ष साउन्टी बर्न सिम्पसोन, युनाईटेड नेशन्स सस्सटेनेवल डेभलपमन्ट गोल सवकमिटीका सदस्य रोविन केईयर, क्वीन्स पब्लिक लाईब्रेरीका उपाध्यक्ष विल गोलबान्ड, न्यूयोर्क सिटीकी लाईब्रेरी विभागकी निर्देशक मेलिसा जाकोब्सले प्यानल डिस्कसनमा सहभागि भएका थिए । 

IMG_0542.jpeg

सेमिनारमा सहभागि पाण्डेले नेपालमा लाईब्रेरीको ईतिहासदेखि अहिलेको अवस्थाका बारेमा जानकारी गराएका थिए । डिजिटल दुनियामा डिजिटल लाईब्रेरीको महत्वमाथि पनि पाण्डेले प्रकाश पार्दै भिन्न क्ष्ँमता भएकाहरुले पनि लाभ लिन सक्ने गरी लाईब्रेरीहरु स्थापना हुनुपर्ने र नेपालमा पनि त्यसको सुरुवात भैसकेको उल्लेख गरेका थिए ।

पाण्डे लामो समयदेखि नेपालको लाईब्रेरीको क्षेत्रमा काम गर्दै आएका छन् ।

सामुदायिक लाईब्रेरीको आवश्यकता बोध गराउदैं पाण्डेले अभियाननै संचालन गरिरहेका छन् । पुस्तकालयको महत्वबारे कार्यक्रमहरु संचालन गर्नुका साथैं पुस्तकालय स्थापनाका लागि पत्रकार पाण्डेले सहयोगी संस्थाहरुसग सहकार्य गर्दै आएका छन् ।  

 

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - ०६:५५:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend