काठमाडौं, २५ माघ २०८१ । कथाकार गोपी मैनालीको कथाकृति ‘विशृङ्खलित सपना’ माथि परिचर्चा कार्यक्रम सप्पन्न गरिएकाे छ । साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उक्त कृतिमाथि परिचर्चा गरिएकाे हाे ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईं, वरिष्ठ समालोचक प्रमोद प्रधान, चर्चित नियात्राकार प्रतीक ढकाल र समीक्षकअनिता कोइरालाले ‘विशृङ्खलित सपना’ माथि परिचर्चा गरे ।
डा. अर्जुनदेव भट्टले ढाका टोपी लगाइ दिएर र अध्यक्षले फूलको माला लगाइ दिएर गोपी मैनालीलाई स्रष्टा सम्मान गरियो ।
नियात्रा, निबन्ध र समालोचना आफ्नो पकड बनाइसकेका मैनालीको यो पहिलो कथा कृति हो। सुरभि साहित्य प्रतिष्ठान गोकर्णेश्वर काठमाडौँले प्रकाशन गरेको यो कृतिमा सत्रवटा कथा रहेका छन् ।
कार्यक्रममा वरिष्ठ समालोचक युवराज मैनालीले स्वागत एवं कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पारे ।
कार्यक्रममा कृतिकार वरिष्ठ कथाकार गोपी मैनालीले आफ्नो सिर्जनाबारे मन्तव्य राखे ।
कार्यक्रमको सञ्चालन कवि मुरारी सिग्देलले गरेका थिए ।




