आज हनुमान जयन्तिको बिषेश अबसरमा रिडीको हनुमान वाटिकामा श्री हनुमानको बिषेश पुजा अर्चना गरिएको छ्। सो अबसरमा रिडी तथा आसपासका सयौको संख्यामा भक्तजनहरुको उपस्थिति रहेको थियो। आज श्री हनुमानको जन्म दिनको अबसरमा संसार भर रहेका हिन्दु जनहरुले बिशेश पुजा अर्चना गर्ने गर्दछन्।
यो हनुमान वाटिका गत बर्ष सामाजिक संजाल फेसबूक मार्फत २६ रुपैया संकलन गरि निर्मान गरिएको हो। यसको निर्माण पछि रिडी क्षेत्रको प्रमुख धार्मिक र पर्यट्किय गन्तब्यको रुपमा स्थापित भएको छ्। प्रत्येक दिन सयौको संख्यामा पर्यटक हरु यहा आउने गर्दछन्।
गुल्मि पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडीमा रहेको हनुमान वाटिकामा पुनर्निर्माण पछि पर्यटकहरुको घुइंचो लाग्न थालेको छ्। केहि महिना अघि सम्म सुनसान र जंगलको बिचमा उपेक्षित अबस्थामा रहेको हनुमान शिला लाइ पुनर्निर्माण गरिए पछि त्यहां अहिले दिनहु तिर्थयातृ तथा पर्यटकहरु पुग्न थालेका छन्।
रिडीको तिनमुखे पुलबाट स्याङ्जातर्फको भीरमा रहेको हनुमान को शिला लाइ सामाजिक सञ्जाल फेसबूक मार्फत् आर्थिक संकलन गरेर पुनर्निर्माण गरिएको हो। देश तथा बिदेशमा रहेका नेपालि तथा बिदेशि हरु बाट करिब २६ लाख रुपैया संकलन गरि यो कार्यको थालनि गरिएको हो।
हनुमान थानको रुपमा मात्र सिमित रहेको यो स्थान लाइ अहिले हनुमान वाटिकाको रुपमा बिकास गरिएको छ्। अहिले यो वाटिकामा हनुमान शीलालाइ पूर्ण आकृति दिएर विराट स्वरुपमा स्थापित गरिएको छ भने वरिपरि रेलिङ् , फलामको कुर्सिहरु, राखिएको छ । भक्तजनहरु मार्फत संकलन गरिएको सयौ घण्टीहरु झुण्डाएर यो वाटिका लाइ सजाइएको छ्। रंगरोगन साथै बिद्युतिकरण गरि रातिको समयमा पनि रिडी क्षेत्रको जुनसुकै स्थान बाट पनि देख्न सकिने बनाइएको छ्। यसको धार्मिक महात्मे र आस्था लाइ थप जागृत गर्न यहा राम र सिताको ६ फिट अग्लो मुर्ति निर्माण गरिएको छ्।
रिडीम अहिले देशका बिभिन्न स्थानहरु बाट दैनिक सयौको संख्यामा पर्यतकहरुआउने गरेका छन्। अहिले तिनिहरुको तिनमुखे पुल पछि को दोश्रो रोजाइको गन्तब्य हनुमान वाटिका बनेको छ्। यसले रिडी आउने पर्यटकहरुको वसाइ लम्बाउन निकै भुमिका खेलेको छ भने रिडी क्षेत्रकै उत्कृस्ट पर्यटन गन्तब्य बन्न सफल भएको छ ।
