Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पोषण पाण्डेको ३३ औं स्मृति दिवसमा वरिष्ठ समालोचक युवराज मैनाली पुरस्कृत

पोषण पाण्डेको ३३ औं स्मृति दिवसमा वरिष्ठ समालोचक युवराज मैनाली पुरस्कृत

images
पोषण पाण्डेको ३३ औं स्मृति दिवसमा वरिष्ठ समालोचक युवराज मैनाली पुरस्कृत

बैशाख ३१ गते । नेपाली कथासाहित्यमा विशिष्ट स्थान बनाउनु भएका कथाकार पोषण पाण्डेको ३३ औं स्मृति दिवसमा वरिष्ठ समालोचक युवराज मैनालीलाई पुरस्कार अर्पण गरिएको छ। काठमाडौँ धुम्बाराही निवासी मैनालीलाई नेपाली साहित्यमा पुर्याउनुभएको योगदानकाे कदर गर्दै पोषण पाण्डे तीर्थ सदनद्वारा “पोषण पाण्डे तीर्थ सदन पुरस्कार २०८२” ले सम्मानित गरिएको छ। उक्त अवसरमा मैनालीलाई दोसल्ला ओढाई सम्मानपत्रको साथमा संस्थाका अध्यक्ष विजय चालिसेबाट नगद राषी ५१ हजारकाे पुरस्कार अर्पण गरिएको हो ।

विशिष्ट साहित्यकार, समालोचक , पत्रकार तथा परिवारजनको उपस्थिति रहेको उक्त समारोहमा पुरस्कार निर्णय कमिटीको संयोजक रहनुभएका साहित्यकार श्री ठाकुर शर्मा भण्डारीले पुरस्कृत मैनालीको साहित्यप्रतिको लगनशीलताको कदर भएको र यस पुरस्कारले उहाँको लगनशीलतामा अझै हौसला थप्दै जाने विश्वास व्यक्त गर्नुभयो।

पुरस्कृत साहित्यकार युबराज मैनालीले मुर्धन्य साहित्यकार पोषण पाण्डेको कवितामा देखिएको शिष्टता , सरलताका साथै कथामा देखिने यौन मनोविज्ञान माथि प्रकाश पार्नुभएको थियो।

सदनको महासचिव रञ्जु पाण्डेले कार्यक्रममा उद्घोषकको भूमिका निर्वाह गर्ने क्रममै पोषण पाण्डे स्मृति दिवस तथा यस सम्मान तथा पुरस्कार कार्यक्रमले पुस्ता पुस्ता सम्म साहित्यकार पोषण पाण्डेलाई जीवन्त राखिरहन युवराज मैनाली जस्तो सर्जकहरूले सेतुको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रमको अन्तमा उक्त सदनका अध्यक्ष वरिष्ठ साहित्यकार विजय चालिसेले सबैलाई धन्यवाद ज्ञापन गर्दै समारोह समापन भएको घोषणा गर्नु भएको थियो।

images
प्रकाशित मिति :जेठ २, २०८२ बिहिवार - ०७:०३:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend