Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

‘सुनेको शासन, भोगेको प्रशासन’ सार्वजनिक

‘सुनेको शासन, भोगेको प्रशासन’ सार्वजनिक

नेप्लिज डायस्पोरा

२३, आषाढ २०८२
images
‘सुनेको शासन, भोगेको प्रशासन’ सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा प्रशासनविद् उमेशप्रसाद मैनालीको संस्मरणात्मक पुस्तक ‘सुनेको शासन, भोगेको प्रशासन’ शनिबार राजधानीमा सार्वजनिक भएको छ।

नेपालको प्रशासनिक इतिहास, सुशासनको चुनौती र मैनालीको निजामती सेवाका अनुभवहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको सो पुस्तकलाई बुक हिल्स प्रकाशनले बजारमा ल्याएको हो।

 

मैनालीको तीन दशक लामो आफ्नो निजामती सेवाका भोगाइ र ऐतिहासिक घटनाक्रमको अनुसन्धानलाई जोडेर उनले नेपालको प्रशासनिक संरचनाको उतारचढावलाई विश्लेषण गरिएको बताएका छन् । उक्त पुस्तकको लोकार्पण प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरेका हुन्।

‘सुनेको शासन, भोगेको प्रशासन’ ले नेपालको प्रशासनिक इतिहासलाई अनुसन्धान र व्यक्तिगत अनुभवको संयोजनबाट प्रस्तुत गरेको छ। मैनालीले पुस्तक लेख्दा आत्मश्लाघाबाट जोगिन सचेतता अपनाएको र प्रशासनका विकृति र राम्रा पक्षहरूलाई निष्पक्ष रूपमा प्रस्तुत गरेको दाबी गरेका छन्। पुस्तकको पहिलो भाग ‘सुनेको शासन’ अनुसन्धानात्मक छ, भने दोस्रो भाग ‘भोगेको प्रशासन’ मा उनले आफूले प्रत्यक्ष भोगेका घटनाहरूलाई समेटेका छन्। “यो आत्मकथा होइन, प्रशासनिक इतिहासको वृत्तान्त हो,” उनले स्पष्ट पारेका छन्।

 

 

May be an image of 5 people and text

May be an image of 4 peopleMay be an image of 4 people

No photo description available.

May be an image of 6 people

May be an image of 4 people and dais

 

 

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - ०६:५९:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend