नेपाली कलाकार प्रस्तोता समाज बेलायतको तेस्रो स्थापना दिवस सम्पन्न, दिनेश सुब्बा सम्मानित।
सुनिल संगम, २१ जुलाई २०२५ – आश्फोर्ड केन्ट, बेलायतमा नेपाली कलाकार प्रस्तोता समाज बेलायतको तेस्रो स्थापना दिवसको अवसरमा गत शनिवार एक भव्य कार्यक्रम सम्पन्न भएको छ। समाजकी अध्यक्ष जानुका पुनको अध्यक्षतामा सम्पन्न युक्त कार्यक्रममा वरिष्ठ सङ्गीतकार तथा गायक दिनेश सुब्बालाई सम्मान गरिएको थियो। सम्मान पश्चात सङ्गीतकार सुब्बाले आफूलाई सम्मान गर्ने संस्था र युवा कलाकारहरूलाई धन्यवाद दिँदै आफ्ना आधा दर्जन लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए भने समाजमा आबद्ध कलाकारहरूले गायन र नृत्य प्रस्तुत गर्दा कार्यक्रम झनै भव्य बनेको थियो ।
सगरमाथा गोर्खा नेपाली समाज आश्फोर्डका अध्यक्ष मोहन लिम्बू प्रमुख अतिथि रहेको भव्य कार्यक्रमको अतिथिहरूमा निर्देशक तथा नायक आकाश अधिकारी, पूर्व नेपाली राजदूत डा. नवलकिशोर राई, नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष एवम् साहित्यकार वाई.बी. गुरूङ, नेपाली समाज फोक्स्टोनका अध्यक्ष क्याप्टेन राम पुन लगायतको उपस्थिति रहेको थियो।
रात्रीभोजको समेत व्यवस्था रहेको युक्त कार्यक्रमको संचालन समाजका सचिव एवम् गायक गंगाराज राईले गरेका थिए।




