Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मैलशोभा राई आमा सम्मान २०८२ धरानका मेयर हर्क साम्पाङकीआमालाई

मैलशोभा राई आमा सम्मान २०८२ धरानका मेयर हर्क साम्पाङकीआमालाई

नेप्लिज डायस्पोरा

३१, श्रावण २०८२
images
मैलशोभा राई आमा सम्मान २०८२ धरानका मेयर हर्क साम्पाङकीआमालाई

मैलशोभा राई आमा सम्मान २०८२ घोषणा धरानका मेयर हर्क साम्पाङलाई जन्म दिने आमा जसमाया राईलाई मैलशोभा राई आमा सम्मान २०८२ प्रदान गरिने भएको छ। मेयर साम्पाङले श्रम अभियान तथा सुशासनको माध्यमबाट नगर र देशमा पु¥याएको योगदानस्वरूप उनकी आमालाई सो सम्मान अर्पण गर्ने धोषणा भएको हो।

उक्त सम्मानमा नगद ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ। खोटाङ केपिलासगढी गाउँपालिका–२ की जसमाया राई हाल धरानमा बस्दै आएकी छन्। २०८२ श्रावण ९ गते गठित मैलशोभा राई आमा सम्मान २०८२ निर्णायक समितिले सम्मानका संस्थापक डा. पुरण राईको जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गरी सो सम्मानको घाेषणा गरेको हो।

संस्थापक डा. राईको जन्म दिवसका अवसरमा बर्सेनि सो सम्मान घोषणा गरिंदै आएको छ। डा. चमा थुलुङ (सुकराज राई) अध्यक्ष रहेको निर्णायक समितिमा टंक भट्टराई, सम्पदा लिम्बू, योगेन्द्र राई र डिल्लीरमण सुवेदी रहेका छन् । उक्त सम्मान घोषण कार्यक्रममा डा .धनप्रसाद सुवेदी, श्रीओम श्रेष्ठ रोदन, प्राडा विष्णु राई, खम्ब राई लगायतको उपस्थित रहेको थियो।

भाषा, साहित्य, कला, समाज, संस्कृति, आर्थिक, राजनैतिक कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई जन्मदिन आमामध्ये एकजना आमालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिँदै आएको छ। उक्त सम्मान संस्थापककी आमा, सम्मानित व्यक्तित्व, सम्मानित व्यक्तित्वको जन्मदिन तथा कुनै विशेष महिलासंग सम्बन्धित चाडपर्वको अवसर पारेर सम्मान अर्पण गर्ने प्रावधान राखिएको छ। मैलशोभा राई आमा सम्मान आमाको ‘कोखको सम्मान’ समेत भएकाले यस सम्मानले विशेष महत्व रहेको छ ।

 

 

images
प्रकाशित मिति :श्रावण ३१, २०८२ शुक्रवार - १९:२६:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend