“देवकोटा डायस्पोरिक सम्मान-२०८२ ” सुनिल संगमलाई अर्पण गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा ‘सखी’ प्रतिस्ठानद्वारा आयोजित कवि गोष्ठी एवं श्रष्टा सम्मान कार्यक्रममा बेलायतमा रहेका गीतकार एवं साहित्यकार सुनिल संगमलाई उक्त सम्मान गरिएको हो ।
महाकविको घर (देवकोटा सङ्रालय) नेपाल प्रज्ञा प्रतिस्ठानको शाखामा सम्पन्न भएको उक्त भव्य साहित्यिक समारोहमा पुरस्कृत हुने अन्य व्यक्तिहरूमा पूर्व उपकुलपति बैरागी काइला, दिग्गज कलाकार मदन कृष्ण श्रेष्ठ, वरिष्ठ गायिका ज्ञानु राणा, कलाकार एवं कवयित्री पुजा चन्द आदि हुनुहुन्थ्यो । उहाँहरूको प्रत्यक्ष उपस्थिति थियो भने गीतकार संगमको पुरस्कार पिता रामकृष्ण श्रेष्ठले ग्रहण र्गनुभएको थियो ।



