Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

एभरेस्ट इन्जिनियरिङ कलेजमा “हल्ट प्राइज” अनक्याम्पस कार्यक्रम औपचारिक रूपमा सुरु

एभरेस्ट इन्जिनियरिङ कलेजमा “हल्ट प्राइज” अनक्याम्पस कार्यक्रम औपचारिक रूपमा सुरु

नेप्लिज डायस्पोरा

३०, मंसिर २०८२
images
एभरेस्ट इन्जिनियरिङ कलेजमा “हल्ट प्राइज” अनक्याम्पस कार्यक्रम औपचारिक रूपमा सुरु

एभरेस्ट इन्जिनियरिङ कलेजमा “हल्ट प्राइज” अनक्याम्पस कार्यक्रम औपचारिक रूपमा सुरु

काठमाडौं — विश्वकै प्रतिष्ठित विद्यार्थी–नेतृत्वित उद्यमशीलता प्रतियोगिता हल्ट प्राइजको अनक्याम्पस कार्यक्रम एभरेस्ट इन्जिनियरिङ कलेज (EEC) मा मंसिर २६ गते औपचारिक रूपमा शुभारम्भ गरिएको छ। सामाजिक समस्याको समाधान खोज्ने उद्देश्यसहित विद्यार्थीहरूलाई उद्यमशील सोचतर्फ प्रेरित गर्ने लक्ष्यका साथ कार्यक्रमको सुरुवात गरिएको हो।

कार्यक्रममा कलेज प्रशासन, विभागीय प्रमुखहरू, विभिन्न क्लबका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शुभारम्भ कार्यक्रममा हल्ट प्राइजको अवधारणा, यसको विश्वव्यापी प्रभाव, र एभरेस्ट इन्जिनियरिङ कलेजमा सञ्चालन हुने गतिविधिहरूका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले विद्यार्थीहरूलाई नवप्रवर्तन, सामाजिक उत्तरदायित्व र उद्यमशील नेतृत्व विकासतर्फ अग्रसर हुन प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो। साथै, राष्ट्रिय स्तरमा हुल्ट प्राइजसँग समन्वय गर्दै कार्यरत नेसनल कम्युनिटी कोअर्डिनेटर द्वारा विद्यार्थीहरूलाई हुल्ट प्राइजको अवसर, प्रक्रिया र सम्भावनाबारे जानकारी गराइएको थियो।

हल्ट प्राइज एभरेस्ट इन्जिनियरिङ कलेज अनक्याम्पस कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्ना नवीन व्यावसायिक विचारहरू प्रस्तुत गर्ने, टोली गठन गर्ने, परामर्श तथा मार्गदर्शन प्राप्त गर्ने अवसर पाउनेछन्। उत्कृष्ट टोलीहरू कलेज, राष्ट्रिय र अन्तर्राष्ट्रिय चरण हुँदै विश्वव्यापी प्रतिस्पर्धामा सहभागी भई १ मिलियन अमेरिकी डलर सम्मको पुरस्कार जित्ने अवसरसमेत प्राप्त गर्न सक्नेछन्। एभरेस्ट इन्जिनियरिङ कलेजमा हुल्ट प्राइजको सुरुवातसँगै विद्यार्थीहरूमा उद्यमशील संस्कृति प्रवर्द्धन हुने, प्राविधिक ज्ञानलाई सामाजिक प्रभावसँग जोड्ने र नवप्रवर्तनमुखी वातावरण निर्माण हुने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।

photo ND-2.jpg

 

 

images
प्रकाशित मिति :मंसिर ३०, २०८२ सोमवार - २०:५२:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend