Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बेलायतमा दिनेश सुब्बाको एकल गायन सम्पन्न

बेलायतमा दिनेश सुब्बाको एकल गायन सम्पन्न

नेप्लिज डायस्पोरा

२०, जेठ २०८३
images
बेलायतमा दिनेश सुब्बाको एकल गायन सम्पन्न

०२ जुन २०२६ बेलायत।

गत आइतबार बेलायतको टिडवर्थमा वरिष्ठ गायक तथा सङ्गीतकार दिनेश सुब्बाको एकल प्रस्तुति रहेको एक भव्य साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वर्थ स्थित ‘हिमालयन ओएसिस’ रेष्टुरेन्टमा भएको थियो ।

दिउँसो २ बजेदेखि सुरू भएको उक्त कार्यक्रमा गायक सुब्बाले बादलुको घुम्टोले, हाम्रो सुन्दर संसार थियो, तिम्रो हाम्रो मनको दुरी, तिमी सुन्छ्यौ भने, हाँसु कति जस्ता आफूले सङ्गीत भरेका नयाँ पुराना चर्चित गीतहरू गाएका थिए भने उनलाई गायिकाहरू सुनिता थेवे लिम्बु र तया राईले युगल गायनमा साथ दिएकी थिइन्।

कार्यक्रमको बिच-बिचमा वरिष्ठ सङ्गीतकार सुब्बाले गीत/सङ्गीतको दौरानका केही तीतामीठा अनुभहरू पनि सुनाएका थिए। बेलुका ५ बजेसम्म चलेको उक्त साङ्गीतिक कार्यक्रममा साहित्यकार सर्वधन राई, गायक तथा सङ्गीतकार गणेश पुन, गायक सपन राई, गीतकार सुनिल संगम, गायक विकाश गुरूङ लगायतका गीत/सङ्गीत कर्मी तथा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेरको थियो।

 

 

images
प्रकाशित मिति :जेठ २०, २०८३ बुधवार - ०६:१४:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend