Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कर्मदा सिर्जना मञ्च, नेपालको ५८ औं प्रविधि मैत्री रचनावाचन कार्यक्रम सम्पन्न ।

कर्मदा सिर्जना मञ्च, नेपालको ५८ औं प्रविधि मैत्री रचनावाचन कार्यक्रम सम्पन्न ।

नेप्लिज डायस्पोरा

२१, जेठ २०८३
images
कर्मदा सिर्जना मञ्च, नेपालको ५८ औं प्रविधि मैत्री रचनावाचन कार्यक्रम सम्पन्न ।

8b53bd0c-9ba6-499d-ab5c-96c1653d680c.jpgपाल्पा, जेठ २१ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५८ औँ विद्युतीय प्रसार स्वतन्त्र विधा रचनावाचन कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि कलानिधि दाहालज्यू विशिष्ट अतिथि डा. बमबहादुर थापा 'जिताली', गणेश आत्रेय, समीक्षक पुरुषोत्तम सिग्देलज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएको छ । लमजुङ्गको प्रवेशद्वारमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वछन्द, कविता, सुसेली, मुक्तक, खोरिया, लोकछन्दका कविताहरू रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गर्नु भएको थियो । उक्त गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जकहरूमा कलानिधि दाहाल (अनुष्टुप् – हुन्न दुश्मन), पुरुषोत्तम सिग्देल (अनुष्टुप् - गर्जिन्छ चन्द्रागिरि), डा. बमबहादुर थापा 'जिताली' ( शार्दूलविक्रीडित - सिपाही), गणेश आत्रेय (वसन्ततिलका – झोले), जनार्दन अधिकारी 'धड्कन' (खोरिया – जिन्दगी भयो अमिलो), गङ्गा लिगल (स्वच्छन्द - अमूल्य आँसु), दुर्गाप्रसाद सिग्देल (शार्दूलविक्रीडित – बा ), विन्दु दाहाल (शार्दूलविक्रीडित – बन्दैन मान्छे), दुष्यन्त भटराईं (मञ्जुला- चण्डमुण्डका दल), जगदीश्वर पोखरेल (बीभत्स – भू-भाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता), सुधा बाँस्कोटा ढकाल (मालिनी – जिन्दगीको कहानी), रामचन्द्र न्यौपाने (अनुष्टुप् – ज्ञानगुनका कुरा), डिल्लीप्रसाद मुलतिहून (स्रग्विणी – बा), ध्रुवराज मिश्र (लोकछन्द – कर्मदा), टेकबहादुर लौडारी (स्रग्विणी – कर्मदा ), वासु ठकुरी (इन्द्रवज्रा - अभिशप्त जिन्दगी), सूर्यकुमार पण्डित (मालिनी- आँसु झारी), चन्द्रावती अधिकारी (भुजङ्गप्रयात – संस्कार),  द्वारिका कुइँकेल (लोकछन्द– सीमा व्यथा ), लक्ष्मीप्रसाद मिश्र (चारु ), पवनकुमार बुढाथोकी (मुक्तक), सुरेशचन्द्र घिमिरे (चारु –  शृङ्गारिक), वीरबहादुर लोहनी (सवाई - मिर्मिरे), चन्द्रा न्यौपाने (सुसेली ), रामकृष्ण अधिकारी लगायतले देशभक्ति भावले भरिएका, जनचेतनामूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गर्नु भएको थियो । प्रमुख अतिथि कलानिधि दाहालले शुभकामना दिँदै कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान दिँदै स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको कुरा बताउनु भएको थियो । समीक्षक पुरुषोत्तम सिग्देलले वाचन गरेका सिर्जनाको सुललित तथा सटिक समीक्षा गर्नु भएको थियो । अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्दै  कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्णलाई धन्यवाद दिदै समारोहको समापन गर्नु भएको थियो ।

images
प्रकाशित मिति :जेठ २१, २०८३ बिहिवार - २१:५९:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend