काठमाण्डौँ । आज गाेपीराम भण्डारीद्वारा लिखित “अवरुद्ध आवाज” को लोकार्पण भएको छ । सो लोकार्पण कार्यक्रम सुरभि साहित्य प्रतिष्ठानका संरक्षक युवराज मैनालीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपाली केन्द्रीय विभागका निवर्तमान प्रमुख, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालका अध्यक्ष, वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलकाे प्रमुख आतिथ्यता रहेको रहेको थियो ।
उक्त पुस्तकमा नेपाल सरकारका पूर्व सचिव, सुशासन विद, पूर्वीय तथा पाश्चात्य साहित्यका विद्वान, वरिष्ठ समालोचक गोपी मैनालीले पुस्तकको भूमिका लेख्नु भएको हो ।कवि तथा कथाकार महेश प्रसाईज्यूले पुस्तकको विश्लेषण गर्नुभएको थियो । उक्त कार्यक्रममा वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारी, मुक्तिनाथ दर्शन साहित्य समाजका संरक्षक आध्यात्मिक चिन्तक कवि हरिभक्त सिग्देल, विशेष अतिथि नरेन्द्रराज पौडेलज्यूको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानको तर्फबाट मेनका पोखरेल आचार्यको स्वागत मन्तव्य र लेखकको तर्फबाट गाेपीराम भण्डारीद्वारा धन्यवाद ज्ञापन गरिएको थियो। उक्त कार्यक्रममा हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता केसी लगायतका साहित्यिक व्यक्तित्वहरूको बाक्लो उपस्थितिमा रहेको थियो ।