Logo

शुक्रवार, आश्विन २ गते २०८३   |   2026 September 18

images

images

१६१ औँ मोती जयन्ती भव्यताका साथ सम्पन्न

१६१ औँ मोती जयन्ती भव्यताका साथ सम्पन्न

नेप्लिज डायस्पोरा

१९, भाद्र २०८३
images
१६१ औँ मोती जयन्ती  भव्यताका साथ सम्पन्न

पाल्पा (भदौ १८) — कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङको आयोजनामा १६१ औँ मोती जयन्तीको अवसर पारेर ६१ औँ प्रविधिमैत्री स्वतन्त्र विधा विशेष कविगोष्ठी भव्य रूपमा सम्पन्न भएको छ  । भदौ १८ गते बिहीबार आयोजित उक्त भर्चुअल तथा प्रत्यक्ष संयोजनको गोष्ठीमा देशभक्ति, जनचेतना र बाढी-पहिरोजस्ता प्राकृतिक विपत्तिलाई विषयवस्तु बनाइएका शक्तिशाली सिर्जनाहरू प्रस्तुत गरिएको थियो ।

संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ कवि कलानिधि दाहाल प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो भने विशिष्ट अतिथि डा. देवी पन्थी र समीक्षक पुरुषोत्तम सिग्देलको गरिमामय उपस्थिति रहेको थियो । लमजुङको प्रवेशद्वारमा सक्रिय यस साहित्यिक संस्थाले आयोजना गरेको गोष्ठीमा छन्द, स्वच्छन्द, सुसेली, मुक्तक, चारु, लोकछन्द तथा गजल विधाका रचनाहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा सर्जकहरूले युवा कवि मोतीराम भट्टका कालजयी रचनाहरूका साथै सामाजिक विकृति र हालैका बाढी-पहिरोको पीडा पोखिएका भावुक कविताहरू वाचन गरे।

सिर्जना वाचन गर्ने सर्जक तथा प्रस्तुत रचनाहरू:

कलानिधि दाहाल: अनुष्टुप् छन्द – त्रिशूलीको वितण्डा

डा. देवी पन्थी: गजल सम्बन्धी मन्तव्य, मोतीरामको गजल एवं स्व-रचित गजल

पुरुषोत्तम सिग्देल: दिक्पाल छन्द – मोती गलागलामा

गङ्गा लिगल: गजल

गणेश आत्रेय: चित्रलेखा छन्द – भोटेकोशी

दुर्गाप्रसाद सिग्देल: शार्दूलविक्रीडित छन्द – बाढी

जगदीश्वर पोखरेल: दिक्पाल छन्द – दिव्य मोती

कृष्णप्रसाद मिश्र: ललितलता छन्द – प्राकृतिक विपत्ति

चूडा निर्भीक: शार्दूलविक्रिडित छन्द – बाढीले दुखेको मनन्द – ‘बाढीले दुखेको मन

पवनकुमार बुढाथोकी: मुक्तक र चारु

जनार्दन अधिकारी 'धड्कन': खोरिया र लोकछन्द – बाढीको गीत

दुर्गाप्रसाद अधिकारी 'भँमरकोटे': सुसेली – मोती र बाढी

टेकबहादुर लौडारी: अनुष्टुप् छन्द – जलवायु नमस्तुते

खुसीराम डौलिया: स्वच्छन्द –अकल्पनीय घटना

वीरबहादुर लोहनी: सवाई – मोतीको कृति

हरिहरप्रदीप घिमिरे: अनुष्टुप् छन्द – बाढी

लक्ष्मीप्रसाद मिश्र: रसिया भाका – भोटेकोशीको बाढी

चन्द्रा न्यौपाने: सुसेली – मोती/बाढी पहिरो

बिनुबाबा घिमिरे: शार्दूलविक्रीडित छन्द – वेत्रावती फेरिएकी

सुरेशकुमार भट्ट: स्वच्छन्द – राष्ट्रिय मृत्यु शूतक

गोमविक्रम: मोतीरामको गजल

सुरेशचन्द्र घिमिरे: मुक्तक तथा स्वच्छन्द कविता – बाढी

रामकृष्ण अधिकारी: शुभकामना मन्तव्य

कार्यक्रमका प्रमुख अतिथि दाहाल तथा विशिष्ट अतिथि डा. पन्थीले कर्मदा सिर्जना मञ्चले नेपाली भाषा, साहित्य र विशेष गरी छन्द कविताको संरक्षण एवं उन्नयनमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। प्रस्तुत रचनाहरूको समीक्षा गर्दै समीक्षक पुरुषोत्तम सिग्देलले कविहरूले समसामयिक घटना र सामाजिक भावनालाई सुललित ढङ्गले उतारेको टिप्पणी गर्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा आयोजक कर्मदा सिर्जना मञ्चका अध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको निमन्त्रणालाई स्वीकार गरी गोष्ठीलाई सभ्य र भव्य बनाउन योगदान पुर्याउने सम्पूर्ण सर्जक एवं अतिथिहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

images
प्रकाशित मिति :भाद्र १९, २०८३ शुक्रवार - ०९:१३:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend