Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिका घुम्न आएका एक नेपालीको भर्जिनियामा अचानक निधन

अमेरिका घुम्न आएका एक नेपालीको भर्जिनियामा अचानक निधन

सतीश चापागाईं

२२, आश्विन २०७५
images
  तस्बिर कमल भट्टराईको फेसबुकबाट अमेरिका घुम्न आएका एक नेपालीको भर्जिनियामा अचानक निधन भएको छ ।   निधन हुनेमा पाल्पाको दर्पुकका कौशलराज न्यौपाने हुनुहुन्छ ।   "आईतबार परिवार र केहि आफन्तसंगै बसेर कुराकानी गर्दागर्दै छाती दुख्यो भन्नु भएको थियो । लगत्तै अस्पताल लगियो त्यसको केहि घण्टा मै उहाँको निधन भएको खबर डाक्टरहरुले दिए ।" कमल भट्टराईले नेप्लिज डायस्पोरासंग भन्नुभयो । भट्टराई पनि दिउसो उहाँसंगै हुनुहुन्थ्यो ।   निधन भएका कौशलराज न्यौपाने अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कमला खरेलको सहोदर दाजु हुनुहुन्छ ।   छोरी शुशिला न्यौपाने र परिवारका अन्य सदस्य भेट्न अमेरिका आउनु भएको थियो ।   अहिले उहाँको सव नोभान्त हेल्थ हेमार्ट मेडिकल सेन्टरमा छ । भर्जिनिया कागजी प्रक्रिया चलिरहेको र अन्त्यष्टि कसरी गर्ने भनेर छलफल भईरहेको पनि जानकारी प्राप्त भएको छ ।   न्यौपाने गत बर्ष २०१७ को नोभेम्बरमा डिसी महानगर क्षेत्रको गेन्स भिल ( मनासस नजिक) आउनु भएको थियो भने आगामी नोभेम्बरमा नेपाल फर्कने योजना थियो ।   १९६१ अप्रिल १० मा जन्मनु भएका ५७ बर्षिय न्यौपाने आफ्नो जीवन संगिनीसंग अमेरिका आउनु भएको थियो ।   वहाको अन्तिम संस्कार आगामी अक्टोबर १० तारिख बुधबार १२ देखि २ बजे सम्म गरिने भएकोले श्रद्धाञ्जली व्यक्त गर्न चाहनु हुने सबै नेपाली समुदायलाई आग्रह गरिन्छ ।   निम्न मिति समय र स्थानमा वहाको अन्तिम संस्कार गरिने छ ।   Direct cremation services of virginia 4425 Brookfield corporate drive suite 100 chantilly va 20151 phone : 703-584-4927

images
प्रकाशित मिति :आश्विन २२, २०७५ सोमवार - ०९:२२:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend