टेक्सास, टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलिमा दशै मनाएका छन् । नेप स्टार अफ डिएफडब्लुको औपचारिक उद्घाटनको अवसरमा युवाहरुले भलिबल प्रतियोगिता तथा नाचागान गरेर दशैंलाई स्वागत गरेका छन् ।
नेपालको बिभिन्न जिल्लाबाट आई ड्यालासमा बसोबास गर्ने खेल प्रेमी युवाहरुको सकृयतामा खोलिएको क्लब नेप स्टार अफ डिएफडब्लुको आईतबार एक भब्य कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको हो । शनिबार बिभिन्न ९ वटा समुह बिच भएको भलिबल प्रतियोगिता भएको थियो भने आईतबार बिजयीहरुलार्ई पुरस्कार बितरण तथा बिभिन्न चर्चित कलाकारहरुको प्रस्तुती सहितका कार्यक्रमहरु राखिएको थियो । शनिबार भएको भलिबल प्रतियोगितामा नेपालका चर्चित भलिबल खेलाडि कैलाश भट्ट, सिपोरा गुरुङ्ग लगायतको रेफ्रिमा खेल सम्पन्न भएको थियो ।
आईतबार भएको औपचारिक कार्यक्रम क्लबको अध्यक्ष नारायण क्षेत्रीको सभापतित्व र एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल शाहको प्रमुख आतिथ्यता तथा साईबर सेक्युरेटी बिज्ञ बिजय कार्की, नेपालका अन्तराष्ट्रिय खेलाडि कैलाश भट्ट, सिपोरा गुरुङ्ग, चर्चित कलाकार नारायण त्रिपाठी, भिम चापागाई, नेजाका उपाध्यक्ष बिकास न्यौपाने लगायतको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो । प्रथम हुने नेपस्टार ब्लुले १५ सय डलर सहित मेडल प्राप्त गरेको थियो भने दोश्रो हुने भुपु नेपाली टिमले नगद ८०० सय सहित मेडल प्राप्त गरेको थियो ।
प्रकाशित मिति :आश्विन ३०, २०७५ मंगलवार -
१७:४५:५७ बजे