Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

कुल गुरुङको टिका यो बर्ष पनि भएन

कुल गुरुङको टिका यो बर्ष पनि भएन

सतीश चापागाईं

४, कार्तिक २०७५
images
  ए.के फाउन्डेशनका अध्यक्ष कुल गुरुङको यो दशैं टिका नलगाई नै गएको छ । जुठो परेकोले त्यसो भएको हो । त्यसो त अघिल्ला ४ बर्ष पनि उनको यस्तै भएको थियो । "हाम्रो ठुलो परिवार छ, प्राय टिका लगाउन पाईदैन ।" गुरुङले भने ।   टिका नभएपनि सात समुन्द्र पारी यो जुरेको अवसर त्यसै गएन । राँगोको मासुका परिकार बनाएर भने खाईछाडे । पारिवारिक रमाइलो पनि भयो ।   त्योभन्दा पनि कुल गुरुङले यहि दशैंमा बाल्टिमोरमा भब्य दशैं शुभकामना साँझ सम्पन्न गरे । श्रीमती आशा र आफ्नो नाममा स्थापना गरेको सामाजिक संस्था ए.के फाउन्डेशनको लागी कोषमा सहयोग रकम संकलन गर्ने उद्देश्यले यो कार्यक्रम भएको थियो ।   चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहेको यो कार्यक्रमबाट उठेको रकम नेपाल र अमेरिकामा आपतमा परेका नेपालीको सहयोगमा लगाउने यो संस्थाको उद्देश्य छ ।   टिका लगाउन नपाएपनि खानपिन र सामाजिक काममा यो दशैं कुल गुरुङका लागि राम्रै भयो ।  

images
प्रकाशित मिति :कार्तिक ४, २०७५ आइतवार - १७:४०:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend