Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नभुल्नु होला, फेरि स्वास्थ्य बिमा लिने बेला भयो

नभुल्नु होला, फेरि स्वास्थ्य बिमा लिने बेला भयो

सतीश चापागाईं

१३, कार्तिक २०७५
images
-सानुबाबु सिलवाल​ आगामि बर्ष २०१९ का लागि तपाइहरु मध्ये जो जो पेरोलमा काम गर्दै हुनुहुन्छ अर्थात काम गरे बापत तपाइले कर तिरिरहनु भ​एको छ र तपाइको कुनै आम्दानिको स्रोत छ या तपाइ सेल्फ इम्प्लोइड हुनुहुन्छ तर तपाइको कमाइ अमेरिकन सघिय फेडरल सरकारको आय सिमा भन्दा तल छ र तपाइलाइ सहुलियतिमा स्वास्थ्य बिमा आबश्यक भ​एको महशुस गर्नु हुन्छ भने बर्षमा एक पटक खोलिने स्वास्थ्य बिमा मार्केटप्लेसको नामाङ्कन अर्थात इनरोलमेन्ट नोम्बेभर १ तारिखबाट शुरु भै डिसेम्बर १५ तारिखसम्म हुनेछ​। कुनै पनि हालतमा यो मिति नगुजार्नुहोला यदि स्वास्थ्य बिमाको सहुलितति अबसरको सदुपयोग गर्न चाहनुहुन्छ भने। सरकारि वेभपेज डब्लु डब्लु डब्लु डट हेल्थकेयर डट जि ओ भि www.healthcare.gov मा गै यसले निर्देशित गरे बमोजिम तपाइ र तपाइका बच्चा एबम परिवारका(छोराछोरि र श्रीमति)को अनलाइन फर्म भरि बुझाउन सक्नु हुनेछ​। आफु अलमलमा परे, अङ्रेजिम्को समस्या भ​ए वा बुझ्न नसके जान्ने र अङ्रेजि बुझ्ने मानिसको सराहा लिन सक्नु हुनेछ​। यदि तपाइलाइ फर्म भर्न सकस भ​ए वा नजानेमा वा समस्या परेमा सरकारि हटलाइन नम्बर १-८००-३१८-२५९६ मा सम्पर्क गर्नु भ​एमा त्याहाको कुनै प्रतिनिधिले तपाइलाइ पुर्णत सहयोग गर्नेछ उक्त फर्म पुरा गरि बुझाउन​। तर नजानि नजानि, कनि कनि गलत सुचना र गलत जानकारि दिनु भयो भने चाहि तपाइलाइ अस्विक्रित गरिदिन सक्दछ र यसको परिणाम तपाइ बर्षदिनसम्म बिना स्वास्थ्य बिमा बस्नु पर्नेछ किनभने यसपछि एक बर्षका लागि अर्को इनरोलमेन्ट खुल्ने छैन​। अब भन्नु होला ब्याक्तिको कति कमाइसम्म यो सहुलियतिको सदुपयोग गर्न पाउने छ​? ब्याक्ति वा परिवार एबम कति बच्चासम्म यो सहुलियति स्वास्थ्य बिमाको उपयोग गर्न पाउनेछ त​? एक ब्याक्ति भ​ए १५२७० सम्म तर बच्चा बिहिन परिवार तर बिबाहित र सयुक्त कर दाखिला गरिने भए २०९५० डलर​, ४०,३२० डलर एक बच्चा सहित सयुक्त परिवारको सयुक्त कर दाखिला, सयुक्त कर दाखिला परिवार ४०,०१० बैबाहिक तर यिनका २ बच्चा पनि भ​ए ४५८०२ डलर​, २ बच्चा बिबाहित र सयुक्त कर दाखिलामा ५१,४९२ डलर। सिङ्गल तर ३ बच्चा वा माथिका लागि ४९,१९५ डलर तर सयुक्त परिवार बिबाहित र ३ वा तिन भन्दा बढि बच्चा भ​एको हकमा ५४, ८८४ डलर सम्मको कमाइले ट्याक्स क्रेडीट र सहुलियति स्वास्थ्य बिमा भन्र्न पाउनेछन​। त्यसभन्दा माथि कमाइ हुनेले आफै पुर्णरुपमा स्वास्थ्यबिमा किन्नु पर्नेछ तर यहि इनरोलमेन्ट अबधि भित्र​। तपाइ काम गर्नु हुन्छ​, आउने २०१९ सालको कमाइको अनुमानित तथ्याङ्क दिनु भ​एन​, कर कट्टी, ट्याक्स क्रेडीट चाहि लिनु भयो तर स्वास्थ्य बिमा लिनु भएन भने तपाइ कानुनि रुपमा सजायको भागिदार हुनु पर्नेछ​। सहुलियति स्वास्थ्य बिमालाइ ओबामा केयर पनि भनिने गरेको छ र गत साल यो सिनेटबाट पास नभ​एपछि ट्रम्प केयरमा बदलिन पाएन​। यस भन्दा कम कमाइ हुने, सिजनल कमाइ मात्र भ​एका र कमाइको निश्चितता नहुने र बचत नहुने हरुले अमेरिकन सरकारको डीएस​एसमा गै मेडीकेडको निबेदन दिन सक्नेछन तर १६ बर्ष भन्दा मुनिका बच्चाहरुका हकमा भने मेडिकेड निबेदन दिन सक्नेछन​। यो सहुलियति हो तर निशुल्क होइन​, तपाइ र परिवारको आगामि बर्ष २०१९ को आम्दानि सालाखाला एजुम्सन गरि प्राप्त हुनसक्ने बेनेफिट हो। तर यो इनरोलमेन्ट छुटेमा अर्को जनवरि एक देखि फ्रेबेवरि १५ सम्म अर्को अबसर प्राप्त हुन सक्दछ तर यो यो अबधिमा भरिने इनरोलमेन्टको सुबिधा चाहि मार्च १ बाट मात्र प्राप्त हुनेछ तर नोभेम्बर १ देखि डिसेम्बर १५ सम्ममा भर्दा तपाइको स्वास्थ्य सहुलियति बिमा जनवरि १ तारिख देखि शुरु हुनेछ​। ट्याक्स क्रेडीट​, तपाइको सालाखाला कमाइ, डब्लु टु, डब्लु फोर र कर दाखिला सम्बन्धि पुर्ण जानकारि तपाइको लेखापाल एकाउन्टेन्ट​, सिपिए वा कर दाखिला गरिदिने कम्पनिले पनि दिन सक्नेछन​। अमेरिकामा स्वास्थ्य सेवा खर्चिलो छ​। आफ्नै खल्तिबाट स्वास्थ्य उपचार प्राप्त गर्नु, औषधि किन्नु र शल्यक्रिया गर्नु वा अस्पताल बस्नु भनेको साढे सात दशाले छुनु हो भनेर बुझ्दा हुन्छ​। पहिले उपचार र त्यसपछि खर्चखर्चका राम्रा पक्ष भ​एपनि अस्पतालको खर्च भनेको नतिरे उम्कन पाउने छैन​। यदाकदा च्यारिटिहरुले खर्च ब्योहोरिदिने, कम खर्चका चल्ने सामुदायिक स्वास्थ्यकेन्द्रहरु राहतका मार्ग हुन निम्न आय हुने वा आय नै हुन नसक्नेलाइ। त्यसैले स्वास्थ्य बिमा अनिबार्य छ र यो किन्न र प्राप्तिका लागि आफ्नो कमाइले थेग्न नसकिने भ​ए अमेरिकिन सरकारको यसखाले सहुलियति कार्यक्रमले लाखौ लाख स्वास्थ्य बिमाबाट बन्चित हुने ब्याक्ति एबम परिवारका लागि ठुलो राहत पुग्नेछ​। मर्नु भन्दा बहुलाउनु निको भने जस्तो। जे होस अमेरिकामा नेपालि ब्याक्ति वा परिवार अधिकाश काम नै गर्दछन तर करमा काम गर्ने, कर दाखिला गर्ने र प्राप्त हुन सक्ने सुबिधा एबम बेनेफिटका बारेमा हुने अनबिज्ञता नेपालि समुदायका समस्याहरु हुन अमेरिकामा। तर​, स्वास्थ्य बिमा बिना नबस्नु होला। समयको सदुपयोग गर्नुहोस तर नबुझेमा वा केहि जान्न चाहनु भनेमा कुनै पनि बेला सम्पर्क गर्दा हुन्छ मलाइ।    

images
प्रकाशित मिति :कार्तिक १३, २०७५ मंगलवार - ०९:३७:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend