न्युयाेर्क, अमेरिका भ्रमणमा रहेका नेपालको प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईका निकट व्यक्तिले न्युयोर्कमा एक जना पत्रकारलाई कुटेर घाईते बनाएका छन । मुख्य मन्त्रीको बारेमा लेखिएको समाचारको विषयमा भनाभन भएपछी हातपात भएको बुझिएको छ ।
अमेरिकाको न्यूयाेर्कमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार लोकमणि राईले समाचार लेखेकै विषयलाई लिएर आफूलाई मुख्यमन्त्रीका सहयाेगीको साथीले कुटेको दाबी गरेका छन् ।उनलाइ नेपालको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईका निकटतम सहयोगी पारुहाङ राईको सोल्टी उमेश राईले हातपात गरेका हुन ।
अमेरिका जस्तो देशमा आएर पनि समाचार लेखेकै भरमा ममाथि आक्रमण हुँदा धेरै दुख लाग्यो’ पत्रकार राईले अस्पतालबाट आफुले सम्बन्धित समाचार प्रकाशित गरेको बिआरटि नेपाललाई बताए । राईले आफूमाथि भएको आक्रमणको बारेमा छानबिन गरी दोषी माथि कानुनी कार्वाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । अमेरिकामा जो कसैलाई पनि हातपात गरेको खण्डमा कानुनी रूपमा सजायको भागीदार हुने प्रावधान छ ।
नेपालमा रहँदा कान्तिपुर दैनिकमा कार्यरत लोकमणि राई अहिले बीअारटी नेपाल डट कममा सम्पादक हुन् ।
अचानक अमेरिका आएका मुख्यमन्त्री शेर धन राईलाई नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका र प्रवासी मञ्चले न्यूयाेर्कमा स्वागत गरेका थिए । सोही विषयलाई लिएर राईले “पिए मलाई कालो झन्डा, सिएमलाई सम्मान” र प्रदेश एकका मुख्यमन्त्री राई अमेरिकामा अाएकाे भन्दै दुई समाचार बीअारटी नेपालमा लेखेका थिए ।
उक्त घटनाको सर्बत्र बिरोध भईरहेको छ । अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजा र इन्जा दुबैले प्रेस बिज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति खेद ब्यक्त गरेका छन् ।
नेजाको बिज्ञप्ति
ईन्जाको बिज्ञप्ति
इन्जाको प्रेस बिज्ञप्ति
संचार माध्यममा प्रकाशित सामग्रीलाई लिएर पत्रकार लोकमणि राई माथि अमेरिकाको न्यूयोर्कमा भएको सांघातिक आक्रमणप्रति अन्तरराष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा) को गम्भीर ध्यानाकर्षण भएको छ।
एक पत्रकारले समाचार लेख्दा विश्वमै सबैभन्दा राम्रो अभिव्यक्ति स्वतन्त्रता भएको देशमा पत्रकार माथि कुटपिट गरिनु अत्यन्त निन्दनीय कुरा हो।
इन्जा पत्रकार लोकमणि राईमाथि भएको कुटपिटको घोर निन्दा गर्दछ र यस घटनाको तत्काल छानवीन गरी दोषी उपर कारवाहीको माग गर्दछ।
शिव विष्ट
महासचिव
अन्तरराष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा)
मिति : नोभेम्बर ०९;२०१९