ताजा जानकारी अनुसार एटलान्टाको डेकाल्ब काउन्टीका प्रहरी अधिकृत मारिएका छन् । उनि सडकमा कर्तब्य पालन गरि रहेको समयमा उनि माथि गोलि प्रहार भएको हो । बिहिबार दिउसोको समयमा सवारी साधनहरु रोक्ने क्रममा उनका साथमा अर्का अधिकृत पनि रहेको समयमा उक्त घटना घटेको हो ।
उक्त घटना प्रहरी प्रवक्ताका अनुसार क्यानडलर तथा टिल्सन सडकमा बन्दुक चलाएको बताएका छन् । प्रहरीले छड्के जांचमा सवारी साधनका चालकलाई रोकेर बाहिर निकालेका थिए । भाग्ने क्रममा प्रहरी के-९ माथि गोलि चलाइएको थियो ।
स्रोतका अनुसार उक्त प्रहरी अधिकृतको टाउको पछाडी र के-९ प्रहरी अधिकारीको घांटीमा चोटपटक लागेको थियो । घाइते प्रहरी अधिकारीलाई ग्रेडी मेमोरिएल अस्पतालमा भर्ना गरिएको थियो भने के-९ प्रहरी अधिकारीलाई अर्को आकस्मिक अस्पतालमा लगिएको थियो । उक्त समयमा दुवैको स्थिति निकै गम्भीर रहेको थियो ।
प्रहरी अधिकृत जसको नाम अझ पनि सार्बजनिक गरिएको थिएन ,पछाडी निधन भएको थियो । यसै गरि बन्दुकधारीको नाम अझ पनि सार्बजनिक भएको छैन ।
डेकाल्ब काउन्टी प्रहरी बिभागका अनुसार सामाजिक संजाल ट्वीटर मार्फत २ बर्ष भन्दा अगाडी मात्र प्रहरी सेवामा कार्यरत प्रहरीको निधन भएको जानकारी गराएको छ | पछिल्लो जानकारी अनुसार संदिग्ध व्यक्ति पनि मारिएको समाचार फक्स न्युजमा समाचार छ भनेर ईनेप्लिजले भर्खर प्रकाशन गरेको छ ।
।