Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली समाज टेक्ससको साधारणसभा सम्पन्न, अव विओटी बन्ने

नेपाली समाज टेक्ससको साधारणसभा सम्पन्न, अव विओटी बन्ने

सतीश चापागाईं

७, पौष २०७५
images
  टेक्सस । नेपाली समाज टेक्सस(एनएसटी)को साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाले समाजको विधानको केही बुँदाहरु परिमार्जन गर्ने गरी विभिन्न प्रस्तावहरु पारित गरेको छ । समाजमा अव बोर्ड अफ ट्रष्टीको गठन हुने भएको छ । यसैगरी आजिवन सदस्यका लागि १ सय डलर कायम गरी ती सदस्यले मात्रैं मतदान गर्न पाउने व्यवस्था कायम भएको छ । साधारण र विद्यार्थी सदस्यलाई समायोजन गरी निशुल्क रुपमा सदस्य बन्न पाउने गरी सहुलियत सदस्यको व्यवस्था गराइएको छ । यी सदस्यले समाजले दिने सबैं सुविधाहरुको प्रयोग भने गर्न पाउनेछन् । यसैगरी, अव समाजको आगामी निर्वाचन पछि १ वरिष्ठ उपाध्यक्ष र डलास फोटवर्थ वरपरका चार क्षेत्रवाट प्रतिनिधित्व हुने ४ उपाध्यक्ष पद थपिने भएको छ । तर चार उपाध्यक्ष भने कार्यसमितिले मनोनयन गर्नेछ । समाजका अध्यक्ष सुमन थापाको अध्यक्षता, महासचिव भक्त भण्डारीको संचालन, सचिव परशुराम दाहालको स्वागतमा भएको साधारण सभामा पूर्व अध्यक्षहरु वैकुण्ठ विक्रम थापा, डा. प्रेमराज अधिकारी,रामसी पोखरेल, भुवन आचार्य, एनसिएससीका बोर्ड अफ ट्रष्टी अध्यक्ष विनय अर्याल लगायतले बोलेका थिए । सो अवसरमा समाजका महिला संयोजक आयशा ओझा र युवा श्रद्धा श्रेष्ठले समाजको आगामी कार्यक्रममाथि प्रकाश पारेका थिए । सो अवसरमा महासचिव भण्डारीको प्रतिवेदन र कोषाध्यक्ष अमित शर्माको प्रतिवेदन समेत पास गरिएको थियो । विश्वन्युज डटकमबाट

images
प्रकाशित मिति :पौष ७, २०७५ शनिवार - २१:५२:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend