Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

बाल्टिमोरका नेपालीले पनि मनाए क्रिसमस

बाल्टिमोरका नेपालीले पनि मनाए क्रिसमस

सतीश चापागाईं

१३, पौष २०७५
images
सबैतिर क्रिसमसको रनक छाईरहंदा बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने नेपाली क्रिष्टियनहरुले पनि क्रिसमस मनाएका छन् । कार्यक्रममा डा. मनोज श्रेष्ठले क्रिसमसको संदेश दिनु भएको थियो । परमेश्वोरलाई प्रेम, आफुलाई प्रेम र छिमेकीलाई प्रेम नै ख्रीष्ट प्रेमको सुसमाचार भएको उहाँले बताउनु भयो । बाल्टिमोरमा रहेको नेपालीको चर्चमा झन्डै तीनसय नेपालीको सहभागिता थियो । कार्यक्रममा मेरिल्याण्ड राज्यका प्रतिनिधि सभासदस्य ह्यारी भण्डारी यो दिनको बारेमा बोल्नु भएको थियो । सो अवसरमा एनआरएन अमेरिकाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, म्याग्दी समाज अमेरिकाका अध्यक्ष अमर छन्त्याल र ब्यबसायी क्रिस घिमिरे समेतको उपस्थिति थियो । कार्यक्रममा अर्जुन हमालले स्वागत गर्नु भएको थियो भने कलाकारहरु लक्ष्मण पौडेल र कल्पना देवकोटाले गीतका मार्फतबाट मनोरंजन प्रदान गर्नुभएको थियो । कार्यक्रममा चर्चद्वारा संचालित सन्डे कक्षाका बिद्यार्थीहरुले नाटक प्रदर्शन गरेका थिए ।

images
प्रकाशित मिति :पौष १३, २०७५ शुक्रवार - ०९:२१:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend