अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टीजको नयां कार्यसमितिको शपथग्रहण समारोह हालै भर्जिनियाको मनासस सहरमा एक भव्य समारोहकासाथ सुसम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टीजको नयां कार्यसमितिको निर्वाचन केही हप्ता अगाडि सम्पन्न भएको थियो ।
अनेसास बिओटिको नयाँ कार्यकारी समिति ( २०१८-२०२२) को सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूत डा अर्जुनकुमार कार्की हुनुहुन्थ्यो । नवनिर्वाचित अध्यक्ष गीता खत्री, उपाध्यक्ष द्वय पदम विश्वकर्मा र पुरु सुवेदी, सचिव शिव लामिछाने, पुरस्कार समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेती र सदस्य तीर्थराज अधिकारीलाई पद तथा गोपनियताको सपथग्रहण गराईएको थियो ।
बरिस्ट साहित्यकार तथा विद्वानहरुको उपस्थितिमा साहित्यकार तिर्थराज पाण्डेयले सपथ ग्रहण गराएका हुन ।