Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवाको असामयिक निधन

अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवाको असामयिक निधन

सतीश चापागाईं

२९, पौष २०७५
images
बाल्टिमोर अमेरिका । अमेरिकाको बाल्टिमोर एक जना नेपाली युवाको असामयिक निधन भएको छ । बाल्टिमोरको टाउसन फेयरवेजमा बस्ने ३८ बर्षका प्रेम बिष्टको यहाँ निधन भएको हो । उनको निधनको कारण खुल्न सकेको छैन । उनको शवलाइ अनुसन्धानका लागि बाल्टिमोरको फोरेन्सिक सेन्टरमा राखिएको छ । नेपालमा प्युठानको दाखा क्वाडी घर भएका विष्ट सन् २००९ मा अमेरिका आएका थिए । अमेरिकामा उनी श्रीमती र एक छोरीका साथ बसिरहेका थिए । सानी छोरी नेपाल मै छिन । उनको दुई भाईहरु पनि अमेरिकामा नै छन् । स्वर्गीय विष्टको अन्तिम संस्कार कहिले र कहाँ गर्ने भनेर परिवारमा छलफल भईरहेको र भोलि दिउसोसम्म निर्णय हुने भाइ बिनोद विष्टले जानाकारी दिएका छ उनको निधनको खबर पाएर धेरै नेपालीहरु सान्त्वना दिन श्रीमती, छोरी र भाईलाई भेटेका छन् । यसै क्रममा मेरिल्यान्डको डिष्ट्रिक ८ बाट डेलिगेट निर्वाचित ह्यारी भण्डारीले पनि श्रीमती र छोरीलाई भेटेर सान्त्वना दिएका छन् । भण्डारीले यो दुखमा आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने पनि बताए ।

images
प्रकाशित मिति :पौष २९, २०७५ आइतवार - १७:२१:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend