Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिका बस्ने आङ देन्डी शेर्पाले पिके भेगमा दुई वटा बौद्ध निर्माण

अमेरिका बस्ने आङ देन्डी शेर्पाले पिके भेगमा दुई वटा बौद्ध निर्माण

सतीश चापागाईं

२१, श्रावण २०७५
images
नेपालको सोलुखुम्बु टाप्टिङ निवासी समाजसेवी आङ देण्दी शेर्पा लामो समयदेखि अमेरिकाको न्यूजर्सीमा बसोबास गरिरहनु भएको छ। अमेरिकामा बसे तापनि उहाले आफ्नो गाउँघरमा सहयोग गर्दै आएका छन्। आफ्नो देशको माया, धर्म सस्कृति सम्रक्षणको लागि तनमन दिएर लागि परेका छन्। उहाले हालै मात्र सोलुखूम्बु जिल्लाको तल्लो भेगको पर्यटकिय क्षेत्र पिके डाँडा नजिकै सोलुखुम्बु द्धुधकुन्ड नगरपालिका वार्ड नम्बर १० पिके सम्सिङ लामो मानेमा नयाँ बौद्ध स्तुपा ( च्योरोङ खजु क्ष्योर्तेन) निर्माण गर्नु भएको छ। त्यसै गरी सो क्षेत्रको ल्हामुछेमा रहेको बौद्ध पुननिर्माण (बैशाख १२ को भुकम्पबाट क्षतिग्रस्त भएको) गर्नु भएको छ। सम्बन्धित निकाय तथा सरकारी पक्षबाट हुने पुन निर्माणको कार्य ढिलासुस्ती भएको आवाज उठिरहेको बेला ब्यक्तिगत पहलमा सस्कृतिक तथा त्यस क्षेत्रको पर्यटकिय महत्वका बौद्ध स्तुपा निर्माण भएकोमा सो क्षेत्रका मानिसहरुले खुशी ब्यक्त गरेका छन्। सो क्षेत्रका बासिन्दाहरुले भुकम्पले भत्किएका बौद्ध तथा नयाँ बौद्ध बन्छ भन्ने कुरा सोचेका पनि थिएनन् र धेरै जना गाउँ छाडेर हिंडेपछि गाउँ समेत फर्केका छैनन् तर आङ देन्डी शेर्पाले अमेरिकाबाट गएर भुकम्पले भत्किएका बौद्ध तथा नयाँ बौद्ध समेत निर्माण गरी एक नमूना उदाहरण प्रस्तुत गरेका छन्। उहाले आफ्नो दिवंगत बुवा आमाको स्मरणमा नयाँ बौद्ध निर्माण गरेको बताउनु भएको थियो। साथै उहालाई उहाका सहयोगीहरुले पनि सो कार्य सम्पन्न गर्न आर्थिक सहयोग गरेका थिए। बौद्ध स्तुपाहरु निर्माण गर्न निक्कै महँगो खर्च हुने भएको हुँदा ठुलो आर्थिक राशी आवश्यक पर्दछ। सो क्षेत्रमा दुई वटा बौद्ध निर्माण भएपछि त्यहाको मुहार फेरिएको छ। ती दुबै बौद्धहरु २०७४ को चैत्र १५ गतेबाट शुरु गरी २०७५ बैशाख १२ गते निर्माण कार्य सम्पन्न गरेका थिए। टाप्टिङ जाप्रे गुम्बाको प्रमूख लामा ग्यसे रिम्पोचेबाट रम्देन् (प्रतिस्थापन्) पूजा सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २१, २०७५ सोमवार - १४:५२:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend