Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

न्यूयोर्कका नेपाली समुदायको हितमा सिटी स्रोत मेला

न्यूयोर्कका नेपाली समुदायको हितमा सिटी स्रोत मेला

सतीश चापागाईं

१४, माघ २०७५
images
ज्योति कुमार श्रेष्ठ न्यूयोर्क, जनवरी २८, २०१९ सोमबार  न्यूयोर्क बसोवास गर्ने कागजपत्र भएका वा नभएका, न्युन आम्दानी भएका, र ब्यापार ब्यवसाय, सस्तोमा घर अपार्टमेन्ट लगायतका अवसर खोजिरहेका नेपाली समुदायको हितमा शेर्पा किदुग अमेरिकाले न्यूयोर्क सिटीका २२ भन्दा बढी एजेन्सीहरुसंग समन्वय गरी हिजो आईतवार एक जानकारीमुलक सिटी स्रोत मेलाको आयोजना गर्यो । शेर्पा किदुग अमेरिकाको न्यूयोर्क स्थित आफ्नै हलमा सम्पन्न गरिएको सो मेला न्यूयोर्क सिटीका काउन्सिल मेम्बर डानियल ड्रोम र शेर्पा किदुग अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको थियो भने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले यसलाई सपोर्ट गरेको थियो । शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाका अनुसार, न्यूयोर्कको स्थानीय सरकार र न्यूयोर्क बसोवास गर्नुहुने नेपाली समुदायलाई नजिक बनाएर कागजपत्र हुने वा नहुने न्यूयोर्करहरुले राज्य वा सिटीबाट के कस्तो सेवा सुबिधा, लाभ लिन पाउन सक्दछ भन्ने जानकारी दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रमको उदेश्य र उपादेयता बारे न्यूयोर्क सिटी काउन्सिल मेम्बर डानियल ड्रोन; नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई; शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले बोल्नु भएको थियो । सो मेलामा नेपाली महावाणिज्यदूतावास; एनआरएनए न्यूयोर्क च्याप्टरको डेस्क पनि राखिएको थियो । यो डेस्कले महावाणिज्यदूतावास र एनआरएनएबाट उपलब्ध हुनसक्ने सेवा सुबिधाको बारेमा जानकारी गराएको थियो । यसैगरी, ईमिग्रेसन सम्बन्धी नि:शुल्क कानूनी सरसल्लाह; स्वास्थ्य परिक्षण; निम्न आय भएकाहरुलाई सस्तोमा घर अपार्टमेन्ट; ट्याक्सी तथा लिमोजिन बारे सल्लाह र सहयोग पनि उपलब्ध गराईएको थियो । यसका साथै न्यूयोर्क सिटीका उपयोगी डिपार्टमेन्टहरुको पनि डेस्क राखिएको थियो । समाचार तथा तस्बिरहरु: टुटुल्को डटकमबाट    

images
प्रकाशित मिति :माघ १४, २०७५ सोमवार - २०:२८:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend