भोलि अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नेपाल लगायतका देशलाइ टिपीएस प्रदान गरियोस भनेर र्याली गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
अमेरिकामा सक्रिय सामाजिक संस्था अधिकार लगायतका संस्थाहरुको आयोजनामा यो र्याली आयोजना हुन लागेको हो । यो बिषयमा अहिले डिसीमा तिन दिने कार्यक्रम भईरहेको छ । र, त्यहाँ घनिभूत छलफल भईरहेको छ ।
अमेरिकामा सक्रिय सामाजिक संस्था अधिकार लगायतका संस्थाहरुको आयोजनामा यो र्याली आयोजना हुन लागेको हो । यो र्यालीमा सर्बसाधारण पनि सहभागी हुन पाउनेछन । भोलिको र्यालीमा सहभागी हुन अमेरिकाका बिभिन्न राज्यबाट नेपाली लगायत अन्य देशका अभियन्ताहरु डिसीमा आउने क्रम जारी छ ।
ट्रंप प्रशाशनले बिभिन्न देशको टिपीएस सुबिधा खारेज गरिसकेको छ र नेपाल र होन्डूरसको केहि महिना मै यो सुबिधा सकिदै छ । यो सुबिधा सकिनु अगावै अमेरिकन सरकार र सम्बन्धित निकायलाइ दबाब सिर्जना गर्ने उद्देश्यले मंगलबारको र्याली आयोजना गरिएको पनि आयोजकले बताएका छन् ।
"टिपीएस अन्त्य भईसकेको छैन र ठोस पहल गरेमा नेपालले यो सुबिधा प्राप्त गर्न सक्छ ।" कार्यक्रममा सहभागी एक अभियन्ताले नेप्लिज डायस्पोरासंग भने ।
नेपालीले पाउदै आएको यो सुबिधा यहि जुनको अन्त्यमा सकिने घोषणा ट्रंप प्रशाशनले गरिसकेको छ ।