Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

न्यूयोर्कको ७५ स्ट्रिट सडकलाई सिटीद्वारा ‘माउण्ट एभरेष्ट वे’ घोषणा गरिने (फोटो सहित)

न्यूयोर्कको ७५ स्ट्रिट सडकलाई सिटीद्वारा ‘माउण्ट एभरेष्ट वे’ घोषणा गरिने (फोटो सहित)

सतीश चापागाईं

९, फाल्गुण २०७५
images
ज्योति कुमार श्रेष्ठ न्यूयोर्क, फेब्रुअरी २०, २०१९ बुधवार । अमेरिकामा नेपालीहरुको बाक्लो बसोबास रहेको न्यूयोर्क सिटीको क्विन्स काउण्टीमा पर्ने ७५ स्ट्रिट अन्तर्गत २५ एभेन्यु र ३१ एभेन्यु बिचको सडकलाई “माउण्ट एभरेष्ट वे” नामाकरण गरिने भएको छ । नेपाल र नेपालीको पहिचान र अस्तित्वको लागि न्यूयोर्कमा रहेको नेपाली समुदायले न्यूयोर्क सिटी काउन्सिलसंग पहल र प्रस्ताव गरेपछि नेपाली अमेरिकन समुदायको सम्मानमा न्युयोर्क सिटिले आगामी महिना मार्च ९ तारिखका दिन एक भव्य कार्यक्रमका बिच सो नामाकरणको औपचारिक घोषणा गर्ने भएको छ । उक्त घोषणा कार्यक्रम नेपाली समुदाय; नेपाली महाबाणिज्यदुतावास; र न्यूयोर्क सिटिले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रमको दिन सडक महोत्सव गरि नेपाल चिनाउने कार्यक्रमहरु गर्न लागेको छ । सो घोषणा कार्यक्रम र सडक महोत्सवको अन्तिम तयारीको लागि छलफल एवं समन्वय गर्न न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासले अर्को साता २२ तारिख शुक्रवार दिनको ४:३० बजे मुस्ताङ थकाली किचेन, ज्याक्सन हाईट्समा समुदायका संघसंस्था प्रतिनिधि एवं सबैलाई भेला भैदिन अनुरोध गरेको छ । सो कुरा महावाणिज्यदूत पुष्पराज भट्टराई द्वारा हस्ताक्षरित हिजो फेसबुक मार्फत सार्वजनिक गरिएको पत्रमा उल्लेख गरिएको हो । यसै सन्दर्भमा वाणिज्यदूत कृसु छेत्रीले श्रब्यदृश्य मार्फत उक्त घोषणासभा कार्यक्रम आयोजनाको अन्तिम तयारीको लागि ज्याक्सन हाईट्स स्थित मुस्ताङ थकाली किचेनमा हुने छलफलमा भाग लिईदिन हुन र अमूल्य सुझाव, सहयोग, र सहभागिताका लागि विशेष अनुरोध गर्नु भएको छ । (फोटो सौजन्य: लुईसाड० वाईबा तामाङ) समाचार साभार: टुटुल्कोडटकम)    

images
प्रकाशित मिति :फाल्गुण ९, २०७५ बिहिवार - १८:३९:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend