Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिकी राजनीतिमा अर्को नेपालीको उदय

अमेरिकी राजनीतिमा अर्को नेपालीको उदय

सतीश चापागाईं

१२, फाल्गुण २०७५
images
  अमेरिकामा रहेका नेपालीहरुरुले यहाको स्थानीय सामाजिक राजनीतिक पहुच विस्तार गर्दै लगेका छन् । पछिल्लो समय मेरिल्याण्ड राज्यमा ह्यारी भण्डारी स्टेट डेलिगेट्समा डेमोक्रेटिक पार्टीको तर्फबाट निर्वाचित भएसंगै अर्की नेपाली चेलीले स्कुल डिस्ट्रिकमा नियगमन गर्ने परिषद्मा मनोनयन गर्ने भएकी छिन । अमेरिकाकै तेस्रो ठुलो महानगर डि एफ डब्लु महानगरीय छेत्र अन्तर्गत HEB Independent School District मा नेपाली चेली आइशा ओझाले उम्मेदवारी दिने भएकी छिन| युलेसमा रहेको फिस्टेल रेस्टुरेन्टमा आज फेब्रुअरी २३ मा सम्पन्न भएको औपचिरिक कार्यक्रम मार्फत उक्त कुराको घोषणा गरिएको छ । २५०० भन्दा बढी कर्मचारी र करिब १४०० शिक्षक रहेको सो बिद्यालय छेत्रमा करिब २३००० बिद्यार्थी रहेका छन् भने कुल मतदाता करिब ९०हजार रहेका छन् ।७ वटा पद रहेको उक्त बोर्ड ओफ ट्रष्टीको सातौ पदको लागि हुन गैरहेको निर्वाचनको लागि आइशा यहाको डेमोक्रेटिक पार्टीको समर्थनमा उम्मेदवार बन्न लागेकी हुन् | आज सम्पन्न उम्मेदवारी घोषणा कार्यक्रममा डेमोक्रेटिक पार्टीका डी अफ डब्लु छेत्रका प्रेसिडेन्ट काजी चौधरी , कमिटि म्यान अफ सिनेट डिस्ट्रिक १० इमाद शालिम, कोओर्डीनेटर अफ प्रिसिंट चेअर हिदर बुएन, ट्यारेन्ट काउन्टी डेमोक्रेटिक मुस्लिम निर्देशक शाहीद हशन, समाजसेवी प्रभात दीक्षित तथा उम्मेदवार आइशा ओझाले बोल्नु भएको थियो । मन्तव्यका क्रममा आइशाले नेपालीको बाक्लो बस्ति रहेका यस छेत्रमा नेपाली भाषा र सस्कृतिको जगेर्ना गर्नको लागि यहाका बिधालयमा बाल-बच्चाको लागि नेपाली भाषाको अध्यन अध्यापन गराउनको लागि पहल गर्ने साथै यहा रहेका पब्लिक स्कुल र चार्टर स्कुलबिचको विभेदलाई कम गर्ने प्रतिबद्धता व्यक्त गरिन । सबै अमेरिकन नेपालीको जस्तै कथा र ब्यथाको बाटो बनाएर करिब दशक अगाडी बुवा-आमा , भाई र ८ वटा लगेजसंगै अमेरिका छिरेकी आइशाले कलिलै उमेरमा एउटा सफल नेपाली चेली हो भनेर आफुलाई नेपाली समुदायबीच प्रस्तुत गरिसकेकी छिन | University Of Texas Arlington बाट सोसलवर्कमा मास्टर गरेकी उनि हाल नेपाली समाज टेक्सासको वुमेन्स कोओर्डीनेटर रहेकी छिन । मण्डला थिएटर संचालन गरेर नेपाली बाल-बच्चा तथा बयस्कहरुलाई नृत्य तालिम लगयत अन्य थुप्रै सामाजिक कार्यमा संलग्न छिन |२०१८ अगस्त १९ मा सम्पन्न भएको मिस नेपाल अमेरिकाको मिस पब्लिक च्वाइस र मिस सोसिअल एस्सिलेंसी टाइटल हात पारेकी आइशा ओझा नेपाली अमेरिकन बीच त चिर-परिचित छदै छिन उनको उम्मेदवारीले अब यहाँ रहेका अन्य सम्पूर्ण समुदाय सम्म फराकिलो बन्ने छ! स्मरण रहोस सुश्री आइशा ओझा अमेरिकी नेपालीमा परिचित नाम कमल ओझाकी सुपुत्री हुन् ।      

images
प्रकाशित मिति :फाल्गुण १२, २०७५ आइतवार - १२:४५:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend