Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

बाल्टिमोरमा तुँवालो लाग्दै

बाल्टिमोरमा तुँवालो लाग्दै

सतीश चापागाईं

२६, श्रावण २०७५
images
बाल्टिमोर, अमेरिका अगष्ट ४ । नेपाली चलचित्र तुँवालोको प्रिमियर शो बाल्टिमोरमा हुने भएको छ । चलचित्रका निर्माता एवं कलाकार समेत रहेका गिरीप्रसाद सुनारले यो जानकारी दिनुभएको हो । आगामी अगष्ट १९ तारिख आइतवार साँझ ७ बजे बाल्टिमोरको बेलेर रोडस्थित होराइजन सिनेमा हलमा तुँवालोको पहिलो प्रिमियर शो गरिनेछ । यो चलचित्र अहिलेसम्म कहीं पनि सार्वजनिक गरिएको छैन । अमेरिकामा पहिलो पटक गर्न लागिएको हो । गिरीप्रसाद सुनारको संवाद एवं गौतम सिंह र सुनारको संयुक्त पटकथा रहेको तुवाँलोको छायांकन र निर्देशन दीपक परियार र शेरबहादुर बरालले गरेका छन् । रमेश आब्जुको कथा, लुम्बिनी मेकरको प्रस्तुति र जीएस मुभी मेकर्सको निर्माण रहेको तुँवालो विशुद्ध विभेदभित्रको विभेदको विषय समेटिएको चलचित्र भएको निर्माता सुनारको भनाई छ । 'हामी सामाजिक विकृति र विभेदका विरुद्ध चलचित्र मार्फत सन्देश दिनु चलचित्र निर्माणको उद्देश्य हो,जुन कुरामा हाम्रा कलाकारहरुले मेहनेत गर्नु भएको छ' सुनारको भनाई छ । अमेरिकामा सक्रिय सामाजिक संस्था नासो कम्युनिटी र नेपाल अमेरिका फिल्म सोसाइटी लगायतका संस्थाले यो चलचित्रको प्रिमियर शोको आयोजना गर्न लागेका हुन् । नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले सामाजिक विकृति र विसंगतीका विरुद्ध कार्यरत नासोको उद्देश्य अनुरुपको फिल्मको कथावस्तु भएकोले यो फिल्मको प्रिमियर शोको आयोजना गर्न लागिएको हो बताउनु भयो ।

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - २१:५६:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend