Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अध्यक्ष पदमा उठेको छु, विवेकको भोट पाउने छु -कृष्ण पोख्रेल

अध्यक्ष पदमा उठेको छु, विवेकको भोट पाउने छु -कृष्ण पोख्रेल

सतीश चापागाईं

२८, फाल्गुण २०७५
images
  एनआरएन अमेरिकाको आसन्न अधिबेशनमा अध्यक्ष पदमा उमेद्वारी दिनेहरु क्रम बढिरहेको छ । यहि क्रममा एनआरएन अभियानमा लामो समयदेखि सक्रिय युवा कृष्ण पोख्रेलले यो पटक पनि उठ्ने घोषणा गरेका छन् । पोख्रेलले यो कुराको औपचारिक जानकारी संचारकर्मीहरु मार्फत गराईसकेक छन । 'समय आएपछि औपचारिक कार्यक्रम सहित आउनेछु' पोख्रेलले नेप्लिज डायस्पोरासंग भने । कृष्ण पोख्रेल अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा नै उठेर पराजित भएका थिए । कृष्ण पोख्रेलले आफु निर्वाचनमा पराजित भएपनि जनमतको कदर गर्दै मतदाता सबैलाई धन्यवाद र बिजयी प्रतिस्पर्धीहरुलाई बधाई ज्ञापन गरेका थिए । र, एनआरएन अमेरिकाका सबै कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाईरहेका छन् । जुन कुरा अमेरिकाका संघ संस्थाहरुमा बिरलै देख्न सकिन्छ । नेपालदेखि नै राजनीति र समाजसेवामा सक्रिय पोख्रेल एनआरएन अमेरिकाको स्थापना कालदेखि नै सक्रिय छन् ।  स्थापनाकाल देखि नै एनआरएनमा प्रवेश गरेका पोख्रेलले एनआरएन अमेरिकाको महासचिव र बरिष्ठ उपाध्यक्ष भएर सफल कार्यकाल सम्पन्न गराईसकेका छन् । अमेरिकाभर राम्रो नेटवर्क भएका नेताका रुपमा पनि चिनिन्छन । महासचिव र बरिष्ठ उपाध्यक्ष भएर काम गर्दा एन आर एनका धेरै साथीभाईसंग अन्तरंग कुराकानी गरेका उनले एनआरएनका मुद्धाहरुलाई पनि नजिकबाट बुझेका छन् । एक पटकको नेपाली सधैको नेपाली भन्ने नारा खगेन्द्र जी.सि. अध्यक्ष र आफु महासचिव भएका बखत नेपालमा गएर संसद सचिवालयमा टेबुल गरिएको बताउछन। "एनआरएनलाई नयाँ गति र नयाँ दिशा दिन खोजेको छु । मेरा धेरै ठुला सपना छैनन् । अमेरिकामा रहेका नेपालीका सामान्य समस्या समाधान गर्न यो संस्था काम लाग्नुपर्छ भन्ने मात्र मेरो भनाई हो ।" पोख्रेलले भने।" नेप्लिज डायस्पोरासंग बोल्दै पोख्रेलले भने,"निर्वाचनपछि धेरै साथीहरुले अर्को पटक सहयोग गर्नेछौं भन्नु भएको थियो । मैले अनवरत संस्थाका काममा लागीरहें । सबैको चाहना संस्था बुझेको ब्यक्तिले नेतृत्व गर्नुपर्छ भन्ने हो । म उठेको छु । विवेकको भोट पाउने आशा गरेको छु ।"

images
प्रकाशित मिति :फाल्गुण २८, २०७५ मंगलवार - १०:२४:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend