६, चैत्र २०७५
गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन' अमेरिकाको कार्यसमिति विस्तार भएको छ । फाउण्डेशनका अमेरिकास्थित सभापति सोमनाथ घिमिरेले यो जानकारी गराउनु भएको हो । सभापतिद्वारा जारी विज्ञप्ति यस प्रकार छ:
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको ९ अौं स्मृति दिवसमा शान्तिका शिखर पुरूषप्रती हार्दिक श्रद्दासुमन अर्पण गर्दछु र वहाँ कै नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन' अमेरिका शाखा को केन्द्रीय कार्य समितिमा ईच्छुक साथीहरुलाई थप सदस्यमा मनोनीत गरेको छु। थप केन्द्रीय सदस्य मनोनीत हुनेहरुमा क्रमशः छेमागं लामा, छिरिड० राप्के लामा, श्याम कार्की, प्रेम पौंडेल, राम श्रेष्ठ, सुश्रि दावा शेर्पा, बिज्ञान खनाल, र टेम्वा शेर्पा हुनुहुन्छ।
यस सस्थां को कानुनि सल्लाहकार समिति मा गिरीजा गौतम सयोंजक र सदस्य हरुमा क्रमशः ऊमा शाह, डा। राजन पन्त र डा। दुर्गा दाहल चयन हुनु भएको छ र यस समितिले अमेरिकि कानुन अनुसार फाउण्डेशनको दर्ता र बिधान सम्बन्धी परामर्श गर्दै कार्यहरु गर्नेछ। साथै अमेरिका को ५ वटै झेत्रहरुमा जिपी कोइराला फाउण्डेशन' अमेरिकाले झेत्रीय सयोंजकहरु पनि छिट्टै चयन गर्नेछ।
गिरिजा प्रसाद कोइराला को निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यकासाथ स्थापना भएको प्रतिष्ठानले नेपालका र विदेशका विभिन्नमुलुकमा आफ्नो शाखा विस्तार गर्ने क्रममा अमेरिकि शाखाको कार्य समिति मा सदस्यहरु को इच्छुकतालाई मध्यनजर गर्दै संस्थालाई अझै चुस्त र फुर्त रुपले अगि बडाउनलाई सदस्यहरु थप्न जरुरी भएको जानकारी गराऊँदै अब छिट्टै कार्यालयसमेत स्थापना गर्नेछ र अमेरिका का बिभिन्न सघं-सस्थांहरु संग सहकार्य गरेर नेपालको शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा काम गर्नेछ। जिपी कोइराला फाउण्डेशन' को मुल उदेश्य प्रजातन्त्र, शान्ती र बिकाश लाई अात्मसाथ गर्दै कार्यहरु अगि बडाउँने छ र गिरिजाबाबुको बारेमा लेखिएका पुस्तक सङ्कलन गर्ने र अनुसन्धान गर्ने छ।साथै नेपाली संस्कृतिलाई विश्वमाझ चिनाउदै र पर्यटनक्षेत्रको विकास गर्नसमेत राम्रो पहल गर्नेछ।
अन्तयमा यहाँहरु को कुनै सुझावहरु छन भने कृपया यस ईमेलमा gpkfamericas@gmail।com मा पत्रचार गर्नुहोला। धन्यवाद ।
जय नेपाल।
सोमनाथ घिमिरे
सभापति
जिपी कोइराला फाउण्डेशन' अमेरिका
प्रकाशित मिति :चैत्र ६, २०७५ बुधवार -
१८:३७:२१ बजे