मनी सुबेदि
रेडिंग नेपाली समाजको दशौँ महाधिवेशन र अठारौँ स्थापना दिवस सम्पन्न भएको छ । महाधिबेशनको उदघाटन गर्दै प्रमुख अतिथि NRNA अध्यक्ष योग कुमार फगामीले शुभकामना मन्तब्यका साथ एनआरएन युके को दोहोरो नागरिकता अभियान र भाबी रणनितीको बारेमा प्रस्ट पार्नुभयो ।आसन ग्रहण र राष्ट्रिय गाना पछि १८ वटा पानसमा सभापति ,प्रमुख अतिथि र संपूर्ण संघ सँस्थाका प्रतिनिधि र सल्लाहकारहरुको बाहुलीबाट सँयुक्त रुपमा बत्ती बालेर उद्घाटन गरियो ।
स्वागत भाषण उपाध्यक्ष भीमसेन खड्काले गर्नु भयो । शुभकामना शन्देश पुर्ब अध्यक्ष द्वय मान \बहादुर गुरुंग र कीर्तिबिलास पन्त तथा सल्लाहकार द्वय राम गलामी र बिश्व आदर्श पण्डितले गर्नु भयो । अन्त्यमा सभापति कृष्ण न्यौपानेले आफ्नो दुई बर्षे कार्य कालको बारेमा आफ्ना धारणा राख्दै नयाँ बन्ने कार्यसमितीलाई केहि शुझाबहरु पनी ब्यक्त गर्नु भयो । अन्त्यमा GRNCA स्थापना को १८ औँ बार्षिकोत्सबको ऊपलक्ष्यमा केक काटेर ऊद्घाटन सत्रको समापन गरिएको थियो । निर्बाचन समितीका संयोजक डा गंगाराम दाहाल र सदस्यहरु अर्जुन बस्नेत ,महेश गुरुंग , ढक गुरुंग र चन्द्रा पुनको समितिले नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो ।
छोटो ब्रेकपछि बन्दसत्रमा महासचिव ओमकार अधिकारीले बार्षिक कार्यप्रगती प्रतिबेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष टेक गुरुंगले लेखापरिक्षण प्रतिबेदन प्रस्तुत गर्नु भयो । दुबैवटा प्रतिपादन महाअधिवेशन बाट सर्वसम्मत पारित गरिए। लगत्तै अध्यक्ष कृष्ण न्यौपानेले आफ्नो कार्यसमिति बिघठन गर्नु भयो र निर्वाचन समिती लाई नयाँ कार्यसमितीको घोषणा को लागी मँच हस्तानांतरण गरियो ।
निर्बाचन समितीको तर्फबाट संयोजक डा. गंगाराम दाहालले GRNCA का बारेमा आफ्ना धारणा हरु ब्यक्त गर्दै स्वतन्त्र , पारदर्शी र प्रजातांत्रिक निर्वाचन प्रक्रियाको बारेमा पनी प्रकास पार्नुभयो । चुनाबको लागी निर्वाचन समिती पुर्ण तैयारी अबस्थामा रहेको भएतापनी सर्वसम्मत रुपमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएकोमा ऊहाँले खुसी पनी ब्यक्त गर्नुभयो । निर्बाचन समिती सदस्य ढक गुरुंगले निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको नामावली पढेर सुनाऊनु भयो भने निर्वाचन समिती सदस्य द्वय पुर्ब अध्यक्षहरु महेश गुरुंग र अर्जुन बस्नेतले निर्वाचित सबैलाई संयुक्त रुपमा प्रमाण-पत्र बितरण गर्नु भयो । संयोजक डा।दाहाल र सदस्य चन्द्रा पुनले खाता लगाएर निर्वाचित सबैलाई बधाई पनी दिनुभयो । तत्कालै निर्वाचन समितीको रोहबरमा संयोजक डा। दाहालले निर्वाचित कार्यसमिति लाई संयुक्त रुपमा सफत ग्रहण गराऊनु भयो ।
निर्बाचित कार्यसमितीको अध्यक्ष टेक गुरुंग, उपाध्यक्षहरु भिमसेन खड्का, यादब श्रेष्ठ, शुसिला गुरुंग, धन रानामगर, प्रबल घिषिंग र योगराज लिम्बु रहनु भएको छ । महासचिब ओमकार अधिकारी, सचिब बिक्रम श्रेष्ठ, कोषाध्यक्ष सरोज थापा, सह कोषाध्यक्ष जगन्नाथ सापकोटा र सदस्यहरु ईमानसिंग राई, तुल बहादुर गुरुंग, बन्दना के सी, हरिमाया गुरुंग, लक्ष्मण श्रेष्ठ, रोमा गुरुंग, हिम्मत सिटौला, सुरेस जंग थापा, रुद्र गुरुंग, अस्मिन श्रेष्ठ, मोहन कटुवाल, ऊदय घिसिंग, मनी सुबेदि रहनु भएको छ ।
यसैबिच नयाँ कार्यसमितीलाई शुभकामना र बधाई दिँदै युवा समाजसेवी प्रेम गुरुंग, आमा समाज रेडिंगकी संस्थापक एकमाया थापा, निवर्तमान प्रथम महिला निर्मला न्यौपाने, र निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेले आआफ्ना धारणा ब्यक्त गर्नु भयो ।
अन्त्यमा नवनिर्वाचित अध्यक्ष टेक गुरुंगले आफ्नो छोटो मन्तब्यका साथ कार्यक्रम समापन गरिएको थियो । कार्यक्रम संचालन संस्थाका महा सचिव ओमकार अधिकारीले गर्नु भएको थियो ।