Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

विभाजित समाजलाई एकताबद्द गर्न मेरिल्याण्डमा डोलनाथ घिमिरेको उम्मेद्वारी

विभाजित समाजलाई एकताबद्द गर्न मेरिल्याण्डमा डोलनाथ घिमिरेको उम्मेद्वारी

सतीश चापागाईं

९, बैशाख २०७६
images
मेरिल्याण्ड–समाज रुपान्तरणको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आउनु भएका डोलनाथ घिमिरेले मेरिल्याण्डमा अध्यक्ष पदमा उम्मेद्वारी दिनु भएको छ ।
उहाँ समाजप्रतिको त्याग र निस्वार्थ भावले सवल नेतृत्व गर्न सक्ने व्यक्तिको रुपमा स्थापित हुनु भएको छ । मेरिल्याण्डको विभाजित नेपाली समाजलाई एकताबद्द गर्नु मेरो मूल ध्येय हो ।’
नेपालमा रहँदा विभिन्न व्यवसायमा संलग्न प्रखर विचारका धनी घिमिरेको विजयले अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका नेपालीको व्यवसायिक समृद्धिका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने विश्वास लिइएको छ ।
जुझारु नेताको रुपमा परिचित भइसकेका घिमिरेसँग अमेरिकी नेपाली समुदायलाई व्यवसायिक सम्पन्नतातर्फ डो¥याउन निश्चित योजनाहरू रहेका छन् । म निर्वार्चित भए भने मेरिल्याण्डबासी नेपाली समुदायलाई व्यवसायिक रूपमा समृद्ध बनाउने अभियान संचालन गर्नेछु,’ उहाँले भन्नुभयो । घिमिरे सानैदेखि मेहनती, आफ्नो कार्य क्षेत्रमा लगनशिल व्यक्तित्व हुनुहुन्छ ।
नेतृत्व गर्न सक्ने योग्यता, क्षमता, आँट एवम् शाहस भएका घिमिरेले गृह नगर चितवनमा रेडक्रस, लायन्स क्लब, उधोग वाणिज्य संघ लगायतका विभिन्न सामाजिक तथा व्यवसायिक संस्थाका विभिन्न तहमा बसेर कार्यभार सम्हाल्नु भएको छ । कुशल व्यवसायीको नेतृत्वले मेरिल्याण्डमा व्यवसायिक विकासको क्षेत्रमा नेपालीलाई फाइदा पुग्ने छ ।
समाज विभाजित पार्न सक्ने खराव प्रवृतिलाई परास्त गर्न नेपाली समुदाय एक्यवद्ध हुनुपर्ने उहाँको बुझाइ छ । यस्ता मान्छेहरूको हावीले गुट उपगुट सिर्जना गरेर समाजनै विखण्डन हुन सक्ने अवस्था देखिएका कारण यसमा हामी सजक हुनुपर्ने उहाँले बताउनु भयो । यहाँ व्याप्त गुट तथा उपगुटको अन्त्य गर्दै मेरिल्याण्डको नेपाली समाजलाई एक ढिक्का बनाउने छु,’ उहाँले भन्नुभयो ।
'स्वार्थी र अवसरवादीहरू आफ्नोमात्र हित चाहन्छन् । सोझा सिधालाई भ¥याङ बनाउँछ्न् र शिखर चुम्न हतारिन्छ्न् ।तर, म यहाँहरूको विश्वास जितेर दीर्घकालीन सोचसहित समृद्ध र एकताबद्द समाज बनाउने अठोटका साथ अघि बढ्न चाहन्छु । निस्वार्थ भावनाले गरेकोे काम कहिल्यै विफल हुँदैन भन्ने मेरो विश्वास छ ।
 

images
प्रकाशित मिति :बैशाख ९, २०७६ सोमवार - १८:४५:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend