Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

युवा र बिद्यार्थीका हितमा बिभिन्न रचनात्मक र सिर्जनात्मक काम गर्नेछु -रोहित पुरी, युवा संयोजक पदका उमेद्वार, एनआरएनए अमेरिका, मेरिल्याण्ड च्याप्टर

युवा र बिद्यार्थीका हितमा बिभिन्न रचनात्मक र सिर्जनात्मक काम गर्नेछु -रोहित पुरी, युवा संयोजक पदका उमेद्वार, एनआरएनए अमेरिका, मेरिल्याण्ड च्याप्टर

सतीश चापागाईं

१३, बैशाख २०७६
images
रोहित पुरी भर्खरका युवा हुन् । २२ बर्षका यी युवा समाजसेवाप्रतिको रुचि र लगावलाई भने मान्नै पर्ने हुन्छ । नेपालमा पर्बत जिल्ला घर भएका यी युवा अमेरिका आएको जम्मा २ बर्ष भयो । यहाँको समुदायमा उनको त्यति धेरै पहिचान भईसकेको छैन तर उनले नेपालको आफ्नो ठाउं कुश्मा पर्बतमा भने बिभिन्न सामाजिक सेवाका कामहरु गरेर उदाहरणीय काम गरेका थिए । अमेरिकामा आएपछि उनी पढाई मै ब्यस्त छन् । टाउसनको एउटा कलेजमा फिल्म निर्देशन सम्बन्धि पढाई गरिरहेका छन् । मेरिल्याण्डको बाल्टिमोरस्थित टाउसन नजिकै उनी आमा र बुबासंगै बस्छन । पुरीले एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको यूवा संयोजक पदमा उमेद्वारी दिएपछी उनको परिवारमा एउटा उत्साह छाएको छ । कलेजमा फिल्म निर्देशनको अध्ययन गरिरहेका एक युवाको एनआरएनए प्रतिको झुकावलाई मेरिल्याण्डको समुदायले पुरस्कृत गर्नेमा सबैजना ढुक्क छन् । नेपाली समाजको एकता हाम्रो प्रतिबद्दता भन्ने मूल नाराका साथ पुरीले डोलनाथ घिमिरेको टीमबाट उमेद्वारी दिएका हुन् ।यो पदमा विजयी भएमा मेरिल्यान्डमा रहेका युवा र बिद्यार्थीका हितमा बिभिन्न रचनात्मक र सिर्जनात्मक काम गर्ने आफ्नो उद्देश्य रहेको उनी बताउछन ।

images
प्रकाशित मिति :बैशाख १३, २०७६ शुक्रवार - १९:४६:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend