Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

गैर आवासीय नेपाली नागरिकता सम्बन्धमा एनआरएन बोल्यो

गैर आवासीय नेपाली नागरिकता सम्बन्धमा एनआरएन बोल्यो

सतीश चापागाईं

२९, श्रावण २०७५
images
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले विभिन्न संघ संस्थाहरुको सहयोग र सक्रिय सहभागितामा आज नेपाली महाबाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई गैर आवासीय नेपाली नागरिकता सम्बन्धि एक ज्ञापन पत्र हस्तान्तरण गगरेको छ । नेपालको संबिधान २०७२ को भाग २ को दफा १४ मा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि व्यवस्था यस अघि नै भै सकेको छ, सो व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा नेपाल सरकारले सो सम्बन्धि ऐन कानून बनाउनको लागि सो सम्बन्धि बिधेयक संसदमा दर्ता भै हाल राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको छ । प्रस्तावित विधेयकमा संबिधानमा उल्लेख भएको भन्दा भिन्न प्रकारले ब्याख्या भएको र गैर आवासीय नेपाली सम्बन्धि थुप्रै बिषयहरु समाबेश नभएकोले सम्बोधन गरिनु पर्ने बुंदाहरु उल्लेख गरि ज्ञापन पत्र बुझाईएको हो । ज्ञापन पत्र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका महासचिव बाबु राम (बिआर) लामाले पढेर सुनाएका थिए भने, गैर आवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक नबिन शेरचन, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष खगेन्द्र जिसी ले संयुक्त रुपमा हस्तान्तरण गरेको एन आर एन अमेरिकाका मिडिया कोअर्डिनेटर बाल जोशीले बताउनु भयो । सो कार्यक्रममा नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति "बिश्व संजाल" का सभापति बिष्णु सुबेदी, प्रवासी नेपाली मंचको तर्फ बाट सिता खरेल, नेपाली जन सम्पर्क समिति, अमेरिकाका केन्द्रिय सदस्य पिताम्बर भुसाल, नेपाली कांग्रेसका महासमिति सदस्य बेद खरेल, डेमोक्रेटिक युथ काउन्सिलका प्रमोद सिटौला, नेपाल तरुण दल अमेरिकाका अनन्त सुबेदी, नेपाल बिद्यार्थी संघ अमेरिकाका प्रभात सापकोटा, सामाजिक अभियन्ता मिंमार शेर्पा, एन आर एन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी सुबेदी लगायतका व्यक्तिहरुको उपस्थित थियो ।

images
प्रकाशित मिति :श्रावण २९, २०७५ मंगलवार - १९:४५:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend