Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेप्लिज डायस्पोरालाई एनआरएन सल्लाहकार अर्यालको शुभकामना

नेप्लिज डायस्पोरालाई एनआरएन सल्लाहकार अर्यालको शुभकामना

सतीश चापागाईं

३०, श्रावण २०७५
images
नेप्लिज डायस्पोरालाई एनआरएन अमेरिकाका सल्लाहकार डा. रुद्र अर्यालले शुभकामना ब्यक्त गर्नु भएको छ । नेपाल र नेपाल बाहिर रहनु भएका नेपाली महानुभाबहरुलाई विश्वसनीय समाचारका साथै बिभिन्न समसामयिक विषयका लेखहरुलाई बिशेष महत्त्व दिने उद्देश्यले अमेरिकाबाट शुरु भएको नेपाली डायस्पोरा डटकम प्रारम्भ भएकोमा धेरै खुशी लागेको छ " डाक्टर अर्यालले शुभकामनामा लेख्नु भएको छ । एनआरएन आइसीसीका नेपाल पोलिशी कमिटि मेम्बर समेत रहनु भएका डाक्टर अर्यालले शुभकामनामा भन्नु भएको छ, "यसले नेपाल र नेपाल बाहिर बस्ने नेपाली डायस्पोराका गतिबिधिहरु प्रकाशित गर्नुका साथै नेपाललाई संसारभरी नै चिनाउन अझ सहयोग पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं। विश्वभर छरिएर रहेका नेपालीको कथा व्यथालाइ मुख्य बिषयबस्तु बनाउने यो अनलाइनको मूल उद्देश्यले मलाई उत्साही बनाएको छ ।" अमेरिकाका बिभिन्न युनिभर्सिटीहरुमा प्राध्यापन गर्नुभएका उहाँ अहिले न्यु ह्याम्सायर राज्यको फ्र्यांकलिन पिअर्स युनिभर्सिटीमा भौतिक शास्त्रका प्राध्यापक हुनुहुन्छ । उहाँको शुभकामना जस्ताको तस्तै शुभकामना नेपाल र नेपाल बाहिर रहनु भएका नेपाली महानुभाबहरुलाई विश्वसनीय समाचारका साथै बिभिन्न समसामयिक विषयका लेखहरुलाई बिशेष महत्त्व दिने उद्देश्यले अमेरिकाबाट शुरु भएको नेपाली डायस्पोरा डटकम प्रारम्भ भएकोमा धेरै खुशी लागेको छ । यसले नेपाल र नेपाल बाहिर बस्ने नेपाली डायस्पोराका गतिबिधिहरु प्रकाशित गर्नुका साथै नेपाललाई संसारभरी नै चिनाउन अझ सहयोग पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं। विश्वभर छरिएर रहेका नेपालीको कथा व्यथालाइ मुख्य बिषयबस्तु बनाउने यो अनलाइनको मूल उद्देश्यले मलाई उत्साही बनाएको छ । आफ्नो जीवन समाज र पत्रकारितालाई भन्ने आस्थाका साथ अघि बढीरहनु भएका पत्रकार सतीश चापागाईं र उहाँको टिमलाई उद्देश्य अनुसार आउँदा दिनहरुमा सफलता मिलोस भनेर शुभकामना व्यक्त गर्दछु । डा. रुद्र अर्याल सल्लाहकार, एनआरएन अमेरिका नेपाल पोलिशी कमिटि मेम्बर, एनआरएन आइसीसी, भौतिक शास्त्र प्राध्यापक, फ्र्यांकलिन पिअर्स युनिभर्सिटी, न्यु ह्याम्सायर

images
प्रकाशित मिति :श्रावण ३०, २०७५ बुधवार - १८:५८:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend