एनआरएनए अमेरिकाको निर्वाचन पुर्ब निर्धारित समय मै हुने भएको छ । बिगतको निर्वाचनमा धाँधली भएको र सदस्यता दर्ता प्रक्रियामा अनियमितता भएको भन्दै 'निर्वाचन रोकी पाउँ' भनेर परेको निबेदनको बिपक्षमा टेनेसी कोर्टले आदेश दिएपछि अब निर्वाचन तोकेकै समयमा हुने भएको हो ।
"एनआरएनए अमेरिकाले मुद्धा जित्यो, अब निर्वाचन समय मै हुन्छ" अध्यक्ष केशब पौडेलले नेप्लिज डायस्पोरासंग यसको आधिकारिता पुष्टि गर्दै भन्नुभयो । अध्यक्ष पौडेलले मुद्धा मामिला गरिरहनेहरु फेरी पनि कपोलकल्पित समस्यामा अल्झिएको भन्दै संस्थाका कामकारबाही सधै सदस्यका हितमा भईरहेको स्पष्ट पार्नु भयो ।
" कोर्टले फेरी यस्तो गुनासो नआओस भनेर संस्थालाई सचेत बनाएको छ भनेर थाहा पाएकी छु। कोर्टको निर्णय स्वीकार गर्दछु ।" अदालतमा निबेदन दिएकी एन आर एन ए अमेरिकाकी निबर्तमान उपाध्यक्ष तथा अघिल्लो निर्वाचनकी अध्यक्ष पद्की प्रत्यासी थापाले भन्नुभयो ।
रबिना थापाले अगाडी भन्नुभयो, "एनआरएनएको बिगतको निर्वाचन र यो पटकको सदस्यता वितरण प्रक्रिया हेरेर हामीले मुद्धा हालेका थियौं । हामीले यो निर्वाचनलाई नजिकबाट हेर्ने छौं । कोर्टले उहाँहरुलाई निर्वाचनमा धाँधली भएको पाईएमा बदर हुने भन्ने आदेश दिएकोछ, आदेशको पालना होस् भन्ने चाहन्छु ।"
मुद्धा दायर गर्ने मध्येका अर्का नारायण थापाले सबै साथीहरुलाई निर्वाचनमा अगाडी बढ्न शुभकामना दिनुभएको छ ।
एनआरएनए अमेरिका निर्वाचनका लागि यहि मे महिना को १८ र १९ तारिखमा मतदान हुदैछ ।